फेसबुकका कर्मचारीले गरे मार्क जुकर्वर्गको आलोचना

  • 38
    Shares
0

काठमाडौं, २२ जेठ। फेसबुकका कर्मचारीले कम्पनीका प्रमूख मार्क जुकर्वर्गको आलोचना गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसालाई बढावा दिने भिडियो पोष्ट गरेका थिए। उक्त नहटाएको भन्दै फेसबुककै कर्मचारीले कम्पनीका प्रमूख मार्क जुकर्वर्गको आलोचना गरेका हुन्।

हिंसालाई बढवा दिने पोष्टहररु हटाउने र पटकरपटक त्यस्तो भएको पाइए प्रयोगकर्ताको एकाउन्ट नै बन्द गर्ने कम्पनीको नीति राष्ट्रपति ट्रम्पको हकमा भने कार्यान्वयन नभएको भन्दै कर्मचारीहरूले जुकर्वर्गको आलोचना गरेका हुन्। ट्रम्पले अमेरिकाका विभिन्न शहरमा लुटपाट हुँदै गरेका भिडियो पोष्ट गरेपछि फेसबुकसँगको सम्झौता उल्लंघन भएको भन्दै फेसबुकका कर्मचारीले विरोध जनाएका थिए।

टाउनहलमा बसेको कम्पनीको बैठकमा रियल-टाइम फिडब्याक प्रयोग गरेर हिंसा आब्हान गर्ने वा भौतिक वस्तुमा हानी पुर्‍याउने खालका सामग्रीहरू फेसबुकबाट हटाइने आफ्नो पूर्वप्रतिवद्धता सम्झाइ दिएपछि जुकरवर्गले कर्मचारीहरुलाई सम्झाई बुझाई गरेका थिए।

Comments
Loading...
You might also like