राजधानीका सिडिओहरुको आकस्मिक बैठक

Karmachari
लोकपाटी न्यूज
0 Shares

काठमाडौं, २२ जेठ काठमाडौं, ललितपुर र भक्तपुरका प्रमूख जिल्ला अधिकारीको संयुक्त आकस्मिक बैठक बोलाइएको छ। लकडाउनको उल्लंघन गर्दै राजधानीका व्यपारीहरुले पसल खोल्न थालेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमूख जिल्ला अधिकारीको संयुक्त आकस्मिक बैठक बोलाइएको हो।

लकडाउनको झण्डै ढाई महिनापछि व्यापारीहरुले पसल खोल्न पाउनुपर्ने भन्दै एकलौटी निर्णय गरेका छन्। लकडाउनको मोडालिटी फेर्ने बारे छलफल चलाइरहेकै बेला व्यापारीहरुले एकलौटी रुपमा पसल खुला राख्न थालेपछि सरकार दबाबमा परेको छ। एकतर्फी निर्णय गरेर पसल खुला गरेका व्यापारीहरुलाई पनि सरकारले वार्तामा बोलाएको छ।

दुई महिनाभन्दा बढी समयसम्म लकडाउनको इमान्दार पालना गरेका व्यापारीहरुले सरकारले करका लागि ताकेता गरेपछि आक्रोशित हुँदै पसल खोल्ने निर्णय गरेका हुन्। अब पसल बन्द गरिरहने पक्षमा आफूहरु नरहेको व्यापारीहरुको भनाई छ ।जिल्ला समन्वय समिति काठमाडौंको हलमा बैठक बोलाइएको हो। बैठकमा व्यापारीले लकडाउन उल्लंघन गर्दै व्यापार व्यवसाय सुचार गर्न थालेपछि अब के गर्ने भन्ने बारे छलफल भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्