भारतीय रक्षा सचिवलाई कोरोना संक्रमण

  • 31
    Shares
0

काठमाडौं। भारतीय रक्षामन्त्री राजनाथ सिंह कार्यालय जान छोडेका छन्। रक्षा सचिव अजयकुमारलाई कोरोनाको संक्रमण भएपछि मन्त्री सिंह कार्यालय जान छाडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सचिव अजयकुमारलाई कोरोनाको संक्रमण देखिएको खबर द हिन्दूलेपनि छापेको छ। मन्त्री सिंहलगायत अन्य अधिकारीहरु जो जो सम्पर्कमा थिए उनीहरु आईसोलेशनमा बस्न लागेका हुन्। भारतीय रक्षा मन्त्रालय प्रवक्ता भारतभुषण बाबुले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

Comments
Loading...
You might also like