पोखरीथोक कोलग्रैही गोही खानेपानी आयोजना शुरु

लोकपाटी न्यूज
0 Shares

वि.वि. श्रेष्ठ
तनहुँ,२२ जेठ। भानु नगरपालिका वडा नं ५, को मैवलमा पोखरीथोक कोलग्रैही गोही खानेपानी आयोजना शुरु भएको छ । गण्डकी प्रदेश सरकारको आधारभुत खानेपानी आयोजनाको एक घर एक धारा अन्र्तगत मैवलमा उक्त कार्यक्रम शुरु भएको हो । करिव १ करोड लागतमा वन्ने खानेपानी आयोजना वहुवर्षिय कार्यक्रम अन्र्तगत शुरु भएको हो।

करिव ७० घरधुरि लाभान्वित हुने खानेपानी कार्यक्रम ले मैवलको पोखरीथोक, चैनपुर र गोठादी एरियाको गरि कुल ७२० जना व्यक्तिहरु लाभन्वित हुने पोखरीथोक कोलग्रैही गोही खानेपानी तथा सरसफाई उपभोक्ता समुहका सचिव शिव कुमार श्रेष्ठले वताउनुभयो । लिफिटिङ्ग प्रविधिवाट खानेपानीको मुहानवाट तानेर टंकीमार्फत वितरण गर्नका लागी १० घनमिटर र २० घनमिटरको १ गरि २ वटा टंकी निर्माण गरिने सचिव श्रेष्ठले वताए।

लामो समयदेखि खानेपानीको दुख झेल्दै आएकामा अव लिफिटिङ्ग प्रविधिमार्फत खानेपानीले समग्र जनताको खानेपानीको समस्या समाधान हुने समाजसेवी अशोक खत्रीले जानकारी दिए । विहानै उठेर पानी लिनु जानुपर्ने वाध्यतामा जीवन यापन गरेका जनताहरुले खानेपानीको उपलव्धताले दैनिकी जीवन सहज हुने स्थानिय राजु शाहीले वताउछन्। खानेपानीको आपुर्तिका लागी दिन नै खर्चिनुपर्ने अवस्थावाट अव स्थानियले मुक्ति पाउने आयोजनाका सचिव शिव कुमार श्रेष्ठले वताए । घर घरमा नै धारा आएपछि खानेपानीको सजिलै पाउने भएपछि उत्साहित भएका स्थानिय वासिन्दाहरु दैनिकी श्रमदानमा जुटेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्