बिजुली,कर, घर भाडा, खानेपानी लगायतको महशुल मिनाहा गर्न व्यवसायीहरुको माग

  • 11
    Shares
0

काठमाडौं, २२ जेठ । व्यवसायी लगायत विभिन्न १० संघ तथा संस्थाहरुले लकडाउन अवधिभरको व्यवसायी कर, घर भाडा, शैक्षिक संस्थाको शुल्क, बिजुली, खानेपानी र इन्टरनेटको महशुल मिनाहा गर्नुपर्ने लगायतका माग राखेका छन्।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाडावाला सरोकार समाज नेपाल, नेपाल होस्टेल एशोएिसन, स्वास्थ्य विज्ञान व्यवसायी महासंघ, मझौला व्यापार व्यवसायी महासंघ, खुद्रा व्यवसायी संघ, सर्जिकल ईक्युभमेन्ट सप्लायर्स संघ, स्वतन्त्र परामर्श शैक्षिक संघले यस्तो माग गरेका हुन्।

उनीहरुले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने व्यवस्था गर्नुपर्ने, किसानलाई समयमै मल, बिउविजन उपलब्ध गराउन, वैज्ञानिक भाडादार कायम गर्न र भाडावाल आयोग गठन गर्न र बैंक तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न पनि माग गरेका छन्।

उनीहरुले नेपाल सरकार कोरोना रोकथाम तथा नियन्त्रणको लागि कछुवाको गतिमा अघि बढेको पनि टिप्पणी गरेका छन्। लकडाउनका कारण अहिले मानिसहरु रोगले भन्दा पनि भोकले मर्ने अवस्था सिर्जना भएको उनीहरुको भनाई छ । पत्रकार सम्मेलनमा भाडावाला सरोकार समाज नेपालका अध्यक्ष विष्णुजंग बस्नेतले सरकारले राहत दिनुपर्ने र कम्तिमा एउटा जनमुखी राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिए।

नेपाल उद्योग वाणिज्य व्यवसायी महासंघका उपाध्यक्ष मदन महर्जनले सरकार आफूहरुको मागप्रति गम्भीर हुनुपर्ने बताए । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले लकडाउनका कारण सम्पूर्ण व्यवसाय ठप्प भएको र आफूहरु ठूलो मारमा परेको बताए।

Comments
Loading...
You might also like