लकडाउन खुकुलो बनाउने विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल

  • 41
    Shares
0

काठमाडौं, २२ जेठ। मन्त्रिपरिषद् बैठकमा लकडाउनलाई खुकुलो बनाउने विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार रातिसम्म चलेको बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएपनि ठोस निर्णय भने हुन बाँकी रहेको एक मन्त्रीले जानकारी दिए।

ती मन्त्रीका अनुसार लकडाउन खुकुलो कसरी गर्ने भन्ने विषयमा कार्ययोजना बनाउन उच्चस्तरीय समितिलाई जिम्मेवारी दिइएको छ। समितिले बनाएको कार्ययोजनाका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने ती मन्त्रीको भनाइ छ ।

सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ । चैत ११ यता लगातारको लकडाउनले सर्वसाधारणको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न चौतर्फी दवाव सरकारमाथि छ ।

यसै विषयमा प्रधानमन्त्री ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा परामर्श गरेका थिए । परामर्शमा स्वास्थ्यविद, अर्थविद, योजनाविद् लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमनत्री ओलीलाई सुझाव दिएका थिए भने प्रधानमन्त्री पनि यसबारे सकारात्मक देखिएका थिए । सरकारले चैत ११ गते एक साताका लागि सुरु गरेको लकडाउन थप गर्दै ७० दिन भन्दा बढी पुर्‍याइसकेको छ ।

Comments
Loading...
You might also like