सौताको हत्या गरेको अभियोगमा पूर्वप्रधानमन्त्रीकी पत्नी पक्राउ

  • 53
    Shares
0

लेसोथो, २२ जेठःलेसोथोका पूर्वप्रधानमन्त्रीकी पत्नी मैसाइआ थबाने आफ्ना पतिका पूर्वपत्नीको हत्या अभियोगमा फेरि पक्राउ परेकी छन्।प्रहरीका अनुसार उनी जुन १६ सम्म हिरासतमा रहनेछिन्। उनी बुधबार पक्राउ परेकी हुन् । गत फेब्रुअरीमा उनीमाथि हत्याको अभियोगमा पहिलो पटक हिरासतमा पुगेकी थिइन्। प्रहरी कमिसनर होलोमो मोलिबेली लामो समयपछि फेब्रुअरीमा मात्रै जमानत तिर्न समर्थ भएकी थिइन्।

अझै उनको मुद्दा सुनुवाइ भएको छैन। साथै यस घटनाबारे उनी र उनका पति पूर्वप्रधानमन्त्री थोमस थबाने कसैले पनि सार्वजनिक स्थलमा प्रतिक्रिया दिएका छैनन्। प्रहरीका अनुसार थबानेलाई फेरि अदालत उपस्थित गराइनेछ। थबानेमाथि २०१७ को जुनमा आफ्ना पतिको पूर्वपत्नीको हत्या गर्न आदेश दिएको अभियोग छ। प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि भने थबाने गत जनवरीमा देश छाडेर भागेकी थिइन्। तर फेब्रुअरीमा फर्केकी हुन्। उक्त हत्या प्रकरणले गर्दा सानो दक्षिण अफ्रिकी देशमा लामो समय चर्चा पाएको थियो। साथै लामो समयसम्म थवानेलाई उनी संलग्न पार्टीबाट राजीनामा दिने दबाव सिर्जना भएको थियो।

Comments
Loading...
You might also like