ब्लग

आफ्नाे लागि साेच्ने कि देशका लागि ?

ganga pokharel
  • 317
    Shares

-गंगा पोखरेल

नेतृत्व भनेको संगठन, विचार र कार्य योजनाको समष्टीगत रुपको जिम्मेवारी व्यक्ति वा समूहलाई नेतृत्व भनिन्छ। अहिले नेकपा निश्चित झुण्ड वा गुट,उपगुटको नेतृत्व गरेको देखिन्छ। वि.सं.२००६ सालदेखि सात दशकसम्म आउँदा पनि गुट्को राजनीति घटदै जाला भन्दा बढ्दै गएको छ। यसले विचार राजनीति स्खलित भएको छ। नेतृत्व समग्र नभइ निश्चित गुट गरेको देखिन्छ। यसले सर्वहारा वर्गको पार्टीको नेतृत्व गरेको अनुभूति कार्यकर्ता, शुभचिन्तक र जनतामा छैन।

कम्युनिष्ट पार्टीहरु लेनिनवादी संगठनात्मक पद्धती अनुसार पार्टी सञ्चालन हुँदै आएको छ तर नेपाल कम्युनिष्ट पार्टी लेनिनवादी संगठनात्मक पद्धती अनुसार पार्टी सञ्चालन गर्ने भन्ने छ तर व्यवहारमा ठिक उल्टो देखिन्छ। लेनिनवादी संगठनात्मक पद्धती अनुसार तल्लो कमिटी माथिल्लोको कमिटीको मातहत, माथिल्लो कमिटी केन्द्रीय कमिटीको मातहत,केन्द्रीय कमिटी महाधिवेशनको मातहत, अल्पमत बहुमतको मातहत, बहुमतले गरेको निर्णय अल्पमतले मान्ने र अल्पमतको विचारको संमान गर्ने। महाधिवेशन पूर्ण जनवाद प्रयोग र महाधिवेशन पश्चात् केन्द्रीयता लागू हुन्छ।

सरकार पार्टीको निर्देशन अनुसार नीति र योजना लागू गर्नु पर्दछ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पद्धतीमा चलेको पाइदैन। व्यक्तिगत स्वार्थ पूर्तिका उद्देश्य देखिन्छ। पार्टीले सरकार चलाउने भन्दा सरकारले पार्टी चलाएको छ। वडा ,पालिका,प्रदेश र संघ मनोमानी ढंगले चलेका छन्। साना तिना योजनाको कुरा छोडौं गौरवको योजना पनि पार्टी कार्यलय टिमसँग सम्म पनि छलफल त कुरा छोडौं जानकारी सम्म दिइने गरेको छैन। यसले नेपाल कम्युनिस्टहरुबाट समाजवादी रणनीतिक लक्ष पूरा होला प्रश्न चिन्न खडा भएको छ। नीजि सम्पन्नतिर ध्यान जोड दिँदा र संस्थागत र सामूहिकता हराएको छ। सडकबाट होइन समस्याको हल निस्किदैन।

कम्युनिष्ट संस्कृति कुन चराको नाम हो देखिदैन। सामूहिकता र संस्थागत भन्ने छैन। व्यक्ति निहित स्वार्थ मिल्ने गुट उपगुटमा अभिव्यक्त भएको देखिन्छ। निष्ठावान इमानदार कार्यकर्ता जिम्मेवारीबाट बञ्चित छन्। जे गरेर भएपनि चुनावका बेला आर्थिक दिने बाँकी समय सत्ताको दुरुपयोग गरी हप्ता,मासिक असुल्ने, अपहरण गर्ने,यौन दुराचारी, भ्रष्ट सांस्कृतिक रुपमा पतित भएका व्यक्ति, काला बजारी अहिले नेतृत्वको सारथि बनेका छन्। राजनैतिक नियुक्त आफ्नो गुट त्यसमा पनि नेताको गैर राजनैतिक रुपमा त्यसको उछितो काड्ने गुण्डागर्दी शैलिका व्यक्ति अधिकांश (केहि बाहेक) नियुक्ति गरेको देखिन्छन्। उसलाई रणनीति, कार्यनीति के हो र मेरो जिम्मेवारी के हो भन्ने सम्म जानकारी छैन र उसलाई मतलब पनि छैन।

उसले आफूलाई कमाउन पार्टीले अवसर दिएको महसुशीकरण छ। नहोस् पनि किन मन्त्रीहरूलाई हेर्दा अभिमानले टुप्पिएको सामन्त जस्तो उसको रवाफ छ। हिजो उसको धरातल, राष्ट्र र जनता बिर्सिसकेको छ। साइकले अवस्थाबाट ल्याण्कुजर गाडीको सयरले भुइँमा न भाडामा भएको छ। नेतृत्व हाइफाइ एलिसान महल र पजेरो, प्राडो संस्कृति नव धनाढ्यमा बदलिदै छ। अब यस्तो सोचबाट कार्यकताले कस्तो संस्कृति सिक्ने ? हिजो बुर्जुवा शिक्षाको सर्टिफिकेट च्यातेर आन्दोलनमा हुमिएको नेता आज शिक्षामा उदारीकरण र व्यापारीकरणमा लागेका छन्। सरकारी विद्यालयको गुणस्तर सुधार नीजि विद्यालयले गर्ने नीति ल्याउछ। स्वास्थ्य दलालको कब्जामा छ। सरकारी अस्पतालमा कोरोनाका बिरामी राखिएको छ। अरु रोगका बिरामी उपचार नपाएर अल्पाआयुमा ज्यान गुमाएका छन्। क्वारेन्टाइनमा बसेकाहरु पिसिआर टेष्ट नभएर अलपत्र छन्। स्थानीय र प्रदेश सरकारको गम्भीर नहुनुको कारण शवको व्यवस्था नहँुदा मरेपछि पनि अपमानित हुनुपरेको छ।

नीजि अस्पताल सरकारको खिल्ली उढाइरहेका छन्। जनता खान र कोरोना उपचार नपाएको बेला गाडी पूजा गर्न प्रदेश सरकारले ५ लाख छुट्टाएको छ। भ्रमणमा २ करोड छुट्याउने बेला हो ? यहि हो जनवादी कार्य ? आफूलाई जे लहड चल्यो त्यही नीति हुनसक्छ ? पार्टीको निर्णय सरकारले मान्नु पर्दैन ? मनोमालिन्य भनेको व्यक्तिवाद हो व्यक्तिवाद सामन्तवादको रुप हो। यहि ल्याउनको लागि हो हजारौ सहिद, बेपत्ता भएका ? यस्तै संस्कृतिको लागि बलिदान थियो जनजनको मनमा यो प्रश्न उठेको छ। छुवाछुतको विभेदले दिनदिनै हत्या बढेको छ, लैङगीक हिंसा बढेको बढयै छ। भ्रष्टाचारीको संरक्षण किन हुन्छ ? यस्ता व्यवहारले सामाजिक न्याय सहितको समाजवादमा पुगिएला ? कार्यकर्ता गलतलाई गलत नभन्ने भन्यो भने आफ्नो अवसर गुम्नेदेखि डराएर गलतलाई हेरेर बस्ने संस्कृतिले पार्टी कहाँ पुग्ला ? बोल्नेहरु अवसर नपाएर हो भनेर निष्तेज पार्ने व्यवहारले कहाँ पुगिएला गम्भीर चुनौती छ। यसरी नै पार्टी चल्दै जाने हो भने विघटनतिर जाने निश्चित छ।

नेतृत्वको लडाई आफ्नो अवसरका लागि होकि मुलुक समृद्धिका लागि हो ? जनता अन्योलमा छन्। आफू अनुकुलता नीति निर्माणले मुलुक समृद्धि कसरी होला यो कुन वादको संस्कृति हो ? यस्तो त  युरो साम्यवाद, प्रजातान्त्रिक समाजवादमा पनि देखिदैन। यहि हो जनताको जनवाद ? कार्यकर्ताहरुमा प्रश्नको भारी छ उत्तरीत गर्नु पर्दछ। निर्णय लिँदा जोशले होकि सचेतता र होशले लिने हो ? भूपि शेरचनको कविताको घुम्ने कुर्सीको अन्धो मान्छे बन्न हुन्नँ। अन्त्यमा कम्युनिष्ट पार्टीलाई लेनिनवाद संगठनात्मक पद्धति अनुसार सञ्चालन गरौं कि थप्नु परे व्यापक छलफल गरौं। जनवादी संस्कृतिलाई अवलम्बन गरौं। आत्मकेन्द्रीत व्यक्तिवादले कम्युनिष्ट पार्टी चलाउन सकिदैन।

पार्टीको नीति निर्देशन अनुसार सरकार चलाउन सकेको खण्डमा मात्र समाजवादी रणनीति पूरा गर्ने दिशा अगाडि बढ्न सकिन्छ।त्यसो गरेको खण्डमा समृद्धि देश सुखी नेपाली हुनसक्छ। नेपाल कम्युनिष्ट पार्टीको रुपान्तरण सहितको एकता बिना यो सम्भावना छैन। यसको हल स्थायी कमिटी, सचिवालय र दुई अध्यक्ष बीचको बैठकबाट निकास निकाल्नु पर्दछ।

लेखकको बारेमा

लाेकपाटी न्यूज