बागलुङमा भरुवा बन्दुकको गोली लागेर थापाको मृत्यु

Goli
लोकपाटी न्यूज
0 Shares

बागलुङ। गलकोट नगरपालिका वडा १० पाण्डवखानीको जंगलमा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ।

खर्कमा सामान छाड्न गएका १५ वर्षीय मिलन थापा मगरको गोली लागेर मृत्यु भएको प्रहरीले बताएको छ।

भरुवा बन्दुक कसले बोकेको यकिन भएको छैन। इलाका प्रहरी कार्यालय गलकोटको टोलीले घटनास्थल पुगेर शव नियन्त्रणमा लिएको छ।

थापासँगै गएका अन्य चार जनालाई पक्राउ गरिएको प्रहरी निरिक्षक हेमबहादुर केसीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्