निजगढ विमानस्थल निर्माणपछि नेपालमा वार्षिक एक करोड पर्यटक भित्रिन्छन् : भट्टराई

  • 70
    Shares
0

काठमाडौं, २२ माघ। निजगढ विमानस्थलको कामले गति लिएको संस्कृति, पर्यटन तथा नागरिक उड्नमन्त्री योगेश भट्टराईले बताएका छन्। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेका विमानस्थलको कामले गति लिएको बताएका हुन्।

बुधबार राजधानीमा आयोजित देशभर सञ्चालित विमानस्थलहरुको अवस्था र कार्य प्रगतिबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्माण गरिँदै गरेको निजगढ विमानस्थल निर्माण पश्चात नेपालमा वार्षिक एक करोड पर्यटक भित्रिने दाबीसमेत गरे। मन्त्री भट्टराईले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको चापलाई विकल्प दिने यो विमानस्थल निर्माण पश्चात वार्षिक एक करोड पर्यटक नेपाल भित्रिने बताए।

भट्टराईका अनुसार अहिले निजगढ विमानस्थलको विवाद सल्टिएको छ। अदालतमा विचाराधीन अवस्थामा रहेको यस विमानस्थलको मुद्दामा अहिले वन तथा वातावरण मन्त्रालयले सम्बन्धित विभागलाई विमानस्थल भित्रपर्ने रुखहरुको गणना गर्न पत्र पठाइसकेको छ। निजगढ विमानस्थलको १९ सय हेक्टर क्षेत्रफलभित्र पर्ने रुख बोटविरुवाहरुको एकिन भएपछि काटिने र काम अघि बढाइने छ। यसमा तीनै तहको सरकारको आपसी समन्वयन र सहकार्य समेत रहने मन्त्री भट्टराईले बताए।

अहिले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा यसले अन्तर्राष्ट्रि उडानमा चाप परिरहेको र यसले पर्यटनमा आगमनमा समेत समस्या परिरहेको मन्त्री भट्टराईको भनाई छ। कार्यक्रममा मन्त्री भट्टराईले अब देशका ५४ वटै विमानस्थलहरुको द्रत गतिमा स्तरोन्नति गरिने र सबै विमानस्थलहरुलाई स्वावलम्बी बनाइने बताएका थिए। हिमाली तथा पहाडी क्षेत्रका विमानस्थलहरुले कम्तिमा आफ्नो खर्च धान्न पर्ने र तराई क्षेत्रका विमानस्थलहरुले नाफा कमाउनु पर्ने भट्टराईको भनाइ थियो। कार्यक्रमममा देशभर सञ्चालित ५४ विमानस्थलहरुको कार्यप्रगति प्रस्तुत गरिएको छ।

Comments
Loading...
You might also like