नेपाल ओमानसँग पराजित

  • 17
    Shares
0

काठमाडौं। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको त्रिकोणात्मक शृंखलामा ओमानसँग नेपाल १८ रनले पराजित भएको छ।

४६.५ ओभरमा नेपालले पूरा विकेट गुमाएर मात्र एक सय ७९ रन जोड्नसक्यो। यसअघि ओमानले पूरा ओभर खेल्दा ९ विकेट गुमाएर एक सय ९७ रन जोडेको थियो।

शरद भेषवाकरले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि नेपालले जित निकाल्न सकेन। यस्तै दिपेन्द्र सिंह ऐरीले ३६ रन जोड्दा सन्दीप लामिछानेले २८ रन बनाए। यस्तै विनोद भण्डारीले २६ रन बनाए। ओमानका जिशन मक्सुदले ३ तथा कलिमउल्लाले २ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो। ओमानका लागि मोहमद नदीमले अविजित रहदै ६९ अर्धशतकीय इनिङ्स खेले। उनले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

सन्दीप गौदले ३३ रन जोड्दा कप्तान जसन मसुदले २० रन बनाए। त्यस्तै ओमानका अकिब अयासले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। नेपालका करण केसीले ४ विकेट लिए।

डेब्यु खेलाडी सुशन भारीले ३ विकेट हात पारे। यस्तै दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे। सन्दीप लामिछाने भने विकेट विहीन बनेका छन्।

Comments
Loading...
You might also like