हराएको मोबाइल कहाँ छ ? यस्तो छ पत्ता लगाउने तरिका

  • 247
    Shares
0

एजेन्सी। स्मार्टफोन हराउँदा सबैभन्दा ठूलो खतरा आफ्नो डाटा अरुले दुरुपयोग गरिदेला भन्ने हुन्छ। केही सेटिङ मिलाएर तपाईं आफ्नो हराएको वा चोरी भएको स्मार्ट फोनको लोकेसन ट्र्याक गर्न सक्नुहुन्छ, र यसका सबै डाटा मेटाउन पनि सक्नुहुन्छ।

एन्ड्रोइडमा एक बिल्ट इन ट्र्याकिङ फिचर हुन्छ। यसलाई प्रयोग गरेर तपाईं आफ्नो फोनको लोकेसन पत्ता लगाउन सक्नुहुन्छ। यसका लागि google.com/android/devicemanager मा जानुहोस् र आफ्नो गुगल एकाउन्ट लगइन गर्नुहोस्।

तपाईं जुन गुगल एकाउन्ट लगइन गर्नुहुन्छ, त्यो एकाउन्टसँग जोडिएका सबै एन्ड्रोइड डिभाइसको लोकेसन गुगल म्यापको सहायताले यहीँबाट हेर्न सकिन्छ। यहाँबाट तपाईंले आफ्नो फोनमा घन्टी बजाउन पनि सक्नुहुन्छ। एउटा यस्तो अप्सन छ, जसबाट तपाईं आफ्नो फोनमा भएको सबै डाटा मेटाउन सक्नुहुन्छ। र, मोबाइल लक पनि गर्न सक्नुहुन्छ।

यसको विकल्पमा तपाईं एबीजी, अवास्ट, क्यास्परस्काई, या लुकआउटको एन्टिभाइरस एप पनि प्रयोग गर्न सक्नुहुन्छ। यी एप्समा पनि रिमोट ट्र्याकिङ र डिभाइस लक तथा डाटा इरेजको सुविधा छ। आइफोनका लागि बिल्ट–इन एन्टीथेफ्ट एपको सुविधा छ, जुन सबै एप्पल आइओएस डिभाइसका लागि उपयोगी छ।

यो एपको नाम फाइन्ड माई फोन हो। यसले तपाईंको आइक्लाउड एकाउन्टको माध्यमबाट काम गर्छ। icloud.com मा गएर तपाईं आफ्नो फोनको लोकेसन पत्ता लगाउन, फोनमा मेसेज पठाउन, फोन लक गर्न र डाटा इरेज गर्न सक्नुहुन्छ।

यसका लागि तपाईंले आफ्नो मोबाइलको लोकेसन सर्भिस इनेबल गरेको हुनुपर्छ। यदि तपाईं यो फिचर प्रयोग गर्न चाहनुहुन्न भने थर्ड पार्टी एप पनि प्रयोग गर्न सक्नुहुन्छ।

Comments
Loading...
You might also like