वि.सं. १९९० देखि २०७१ सम्मका एसएलसी बोर्ड टपरहरुको नाम

  • 25.1K
    Shares
0

काठमाडौं। कुनै बेला एसएलसीलाई विद्यार्थीको भविष्यका दृष्टिले फलामे ढोका मानिन्थ्यो। एसएलसी उत्तीर्ण हुनु विद्यार्थीका लागि मात्र नभएर अभिभावक, शिक्षक र समाजकै लागि प्रतिष्ठाको विषय मानिन्थ्यो। तर, एसएलसीको परीक्षा प्रणालीमा परिवर्तन आए पनि एसएलसीको ऐतिहासिक महत्व उस्तै छ।

नेपालमा एसएलसी बोर्डको स्थापना वि.सं. १९९० सालमा भएको हो। त्यसयता लाखौं विद्यार्थीहरुले एसएलसी उत्तीर्ण गरेका छन्। वि.सं. २०७२ देखि परीक्षामा एसइइको प्रणाली लागू गरिएको छ। यहाँ हामीले वि.सं. १९९० देखि २०७१ सालसम्म एसएलसी परीक्षाका बोर्ड टपर विद्यार्थीको नाम उल्लेख गरेका छौं।

वि.सं. १९९० मा पुष्पभक्त मल्ल, १९९१ मा गोपालप्रसाद रिमाल, १९९२ मा यदुनाथ खनाल, १९९३ मा श्यामकृष्ण गौतम, १९९४ मा चन्द्रदेव ओझा, १९९५ मा तीर्थप्रसाद प्रधान, १९९६ मा भरत बहादुर प्रधान, १९९७ मा भुवनलाल प्रधान, १९९८ मा रुनुलालसिंह सुवाल, १९९९ मा तीर्थबहादुर प्रधान, २००० मा ज्ञानमणि आचार्य दीक्षित एसएलसीको बोर्ड टपर भए।

त्यसैगरि वि.सं. २००१ मा विष्णुप्रसाद धिताल, २००२ मा रञ्जनराज शर्मा खनाल, २००३ मा उपेन्द्रमान मल्ल, २००४ मा भवानीशंकर राजवंशी, २००५ मा दामोदर फुँयाल, २००६ मा शेइदमोहन शाह, २००७ मा नन्दकृष्ण अग्रवाल, २००८ मा महावीर प्रसाद अग्रवाल, २००९ मा बाबुलाल अग्रवाल, २०१० मा पुरुषोत्तम नारायण श्रेष्ठ बोर्ड टपर भएका थिए।

त्यसरी नै वि.सं. २०११ मा पद्मलाल प्रधान, २०१२ मा रामबाबु शर्मा, २०१३ मा आनन्दमानसिंह अमात्य, २०१४ मा दिव्यरत्न शाक्य, २०१५ मा प्रकाशचन्द्र जोशी, २०१६ मा शिवप्रसाद अधिकारी, २०१७ मा रमेश शर्मा भट्ट, २०१८ मा प्रचण्डजंग शाह, २०१९ मा रमेशानन्द वैद्य, २०२० मा दीपक बज्राचार्य बोर्ड टपर विद्यार्थी हुन्।

त्यस्तै वि.सं. २०२१ मा भेषराज कंडेल, २०२२ मा नरेन्द्रनाथ शर्मा, २०२३ मा प्रकाश मानन्धर, २०२४ मा डम्बर बहादुर नेपाली, २०२५ मा भक्त बहादुर आले, २०२६ मा बाबुराम भट्टराई, २०२७ मा आङ्रिता शेर्पा, २०२८ मा दोर्णप्रसाद रसाइली, २०२९ मा राजेन्द्र कुमार काब्रा, २०३० मा प्रमोदराज पोख्रेल एसएलसी परीक्षामा बोर्ड टपर भएका थिए।
त्यस्तैगरि वि.सं. २०३१ मा किशोरे थापा, २०३२ मा रामचन्द्र शर्मा, २०३३ मा बलराम पाण्डेय, २०३४ मा अनिल बहादुर मानन्धर, २०३५ मा विजयकृष्ण श्रेष्ठ/सतिष बजाज, २०३६ मा उत्तमकृष्ण श्रेष्ठ, २०३७ मा द्वारिकाप्रसाद श्रेष्ठ, २०३८ मा अच्युतबाबु तिवारी, २०३९ मा लुना भट्ट (प्रथम महिला), २०४० मा निशा धौभंडेलले बोर्ड टपेका थिए।

त्यस्तै वि.सं. २०४१ मा शम्भुशरण शाह, २०४२ मा राजनलाल प्रधान, २०४३ मा दीपकुमार सिंह, २०४४ मा प्रमोद आचार्य, २०४५ मा राजेन्द्र गुरुङ, २०४६ मा नृपेश प्रधान, २०४७ मा मानव भट्टराई, २०४८ मा प्रवीनदेव पाठक, २०४९ मा प्रकाश थपलिया, २०५० मा गरीमा राणा बोर्ड टपर भएका थिए।

त्यसरी नै वि.सं. २०५१ मा पंकज अधिकारी, २०५२ मा आयाम लामिछाने, २०५३ मा विश्वबन्धु बगाले, २०५४ मा मदन कुमार बडाल, २०५५ मा वीरेन्द्र घिमिरे, २०५६ मा सुम्निमा सिंह, २०५७ मा स्वच्छन्द सानमेन, २०५८ मा सुयोग भण्डारी, २०५९ मा विशाल ज्ञवाली, २०६० मा विशाल खनाल एसएलसीमा बोर्ड टपर भए।

त्यस्तै वि.सं. २०६१ मा समीर श्रेष्ठ, २०६२ मा (घोषणा नभएको), २०६३ मा (घोषणा नभएको), २०६४ मा (घोषणा नभएको), २०६५ मा (घोषणा नभएको), २०६६ मा कल्पना बज्राचार्य (दावी), २०६७ मा आकृति पाण्डे, २०६८ मा अरुण कालिकोटे, २०६९ मा असीम घिमिरे, २०७० मा दृष्टि गिरि/संयोग कार्की र २०७१ मा दीक्षित पौडेल बोर्ड टपर भएका थिए।

वि.सं. २०७१ पछि एसएलसी परीक्षा प्रणालीमा परिवर्तन गरियो। यसअघि अंक र प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गर्ने गरिएकोमा २०७२ बाट जिपिए प्रणालीमा गएपछि नेपाल टपरको प्रणालीमा पनि स्वतः परिवर्तन आएको छ। तसर्थ, त्यसयताका एसइइ टपरहरुको नाम समावेश गर्न सकिएन।

Comments
Loading...
You might also like