आफूभन्दा होचो पुरुषसँग विवाह गर्ने महिला धेरै खुसी !

  • 111
    Shares
0

एजेन्सी। युवतीहरु आफूभन्दा अग्लो युवासँग लभ गर्न चाहन्छन् वा विवाह गर्न चाहन्छन्। तर, यसको कारण के हो भन्दा सायदै कसैसँग जवाफ छ।

यो त बरु उनीहरुलाई आफूभन्दा होचो पुरुषसँग विवाह गर्दा हुने फाइदा थाहा नभएकाले हुनसक्ने एक अध्ययनले देखाएको छ। अमेरिकामा गरिएको त्यो अध्ययनले आफूभन्दा होचो पुरुषसँग विवाह गर्दा युवतीहरुलाई निम्न फाइदा हुने देखाएको छः

आफूभन्दा होचो पुरुषसँग विवाह गरेका महिलामा कन्फिडेन्स बढी हुने अध्ययनमा देखिएको छ। यसले सम्बन्ध सुमधुर बनाउने पनि विश्वास गरिएको छ।

अध्ययनले अर्को आश्चर्यजनक तथ्य पनि दिएको छ। आफूभन्दा होचो पुरुषसँग विवाह गरे ऊ बढी वफादार हुने र आफूभन्दा अग्ला पुरुषले ‘चिट’ गर्ने सम्भावना बढी हुने अध्ययनले देखाएको छ।

होचा श्रीमान्हरु आफ्नी श्रीमतीप्रति बढी सजग हुने र उनीहरुको हेरचाह पनि बढी गर्ने देखिएको छ। न्युयोर्क विश्वविद्यालयले गरेको यो सर्वेअनुसार अग्ला पुरुषहरु छिटो वैवाहिक सम्बन्ध गाँस्न चाहन्छन्। तर, उनीहरुको भन्दा श्रीमतीभन्दा होचा श्रीमानहरुको सम्बन्ध चाहिँ सुमधुर हुन्छ।

Comments
Loading...
You might also like