मलेसियामा ८१ जना नेपालीमा कोरोना संक्रमण

  • 40
    Shares
0

काठमाडौं। मलेसियामा थप १४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ८१ पुगेको मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय सचिव महेश त्रिपाठीले जानकारी लिए।
एक हप्ताभित्र मलेसियामा थप १४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनका अनुसार मलेसियामा कोरानो संक्रमित नेपालीमध्ये २२ जना निको भएका छन्। कोरोना संक्रमित सबैजना पुरुष रहेका छन्। मलेसियामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्या बढेको छ। अहिलेसम्म ८ हजार २४७ जनामा कोरोना सङ्क्रमण भएकोमा ६ हजार ५५९ जना निको भएका छन् भने १५ सय ७३ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा १ सय १५ जनाको कोरोनाको कारण मृत्यु भएको छ।

Comments
Loading...
You might also like