अमेरिकमा चर्किएका हिंसात्मक आन्दोलनबाट ५५ अर्ब अमेरिकी डलरको क्षति

  • 43
    Shares
0

काठमाडौं, २३ जेठःअश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्याको बिरोधमा अमेरिकामा चर्किएका हिंसात्मक आन्दोलनबाट ५५ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको आकलन भएका छन्। अमेरिकाको मिनियापोलिसमा गत २५ जुनमा प्रहरीको यातनाले मृत्यु भएको ठानिएका फ्लोइडको समर्थनमा चर्केको आन्दोलनका क्रममा ५५ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको मिनियापोलिसका सरकारी अधिकाहरूले बताएका छन्।

आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र तोडफोडका कारण २२० घरमा क्षति भएको छ भने अन्य भौतिक संरचना र धनमाल नष्ट गरिएका छन्। मिनियापोलिसका मेयर जाकोब फ्रेयीले क्षति भएकाहरुलाई पुनर्निर्माण गर्न क्षतिपूर्तिको लागि राज्य तथा संघीय सरकारसँग आग्रह गरिने जानकारी दिए। अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभर प्रदर्शन गर्दै आइरहेका छन्।

Comments
Loading...
You might also like