डोनाल्ड ट्रम्पकी छोरी आन्दोलनको पक्षमा

  • 89
    Shares
0

एजेन्सी। अमेरिकामा जारी आन्दोलनको समर्थनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्प उभिएकी छिन्। टिफनीले इन्स्टाग्राममा एक कालो तस्बिर पोष्ट गर्दै जारी आन्दोलनको समर्थन गरेको संकेत दिएकी छिन्।

उनले लेखेकी छिन्, ‘एक्लै हामी थौरै हासिल गर्न सक्छौ, सँगै हामी धेरै गर्न सक्छौ भन्ने हेलेन केलरको उक्तिलाई समेत उल्लेख गरेकी छिन्। उनले इन्स्टाग्राममा #BlackoutTuesday #justiceforgeorgefloydलेखेकी छिन्। उनी वकिल पेशामा आवद्ध छिन् ।

पछिल्लो हप्ता एक श्वेत प्रहरी अधिकारीले काला जातिका जर्ज फलायडमाथि हातपातपछि मृत्यु भएको विरोध अमेरिकामा देशव्यापी आन्दोलन चर्किरहेको छ। कम्तीमा ४० सहरमा कर्फ्यु जारी गरिएको छ। तर प्रदर्शनकारीले कर्फ्युको बेवास्ता गर्दै प्रदर्शनलाई निरन्तरता दिएका छन्। प्रहरी अधिकारी डेरेक सोभिनको ज्यादतीका कारण जर्ज फ्लोयडको ज्यान गएपछि त्यसको विरोधमा प्रदर्शन चर्केको हो।

न्युयोर्क, सिकागो, फिलाडेल्फिया, लस एन्जलस, डेभनपोर्टलगायत दर्जनौं सहरमा दंगा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका छन्। प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास तथा पानीका फोहोराको प्रयोग गरेको छ। विभिन्न स्थानबाट प्रहरीले ३ सय जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको जनाएको छ।

Comments
Loading...
You might also like