‛पदीय मर्यादा नहुँदो हो त भौतिक रूपमै आक्रमण गर्थें’

  • 359
    Shares
0

काठमाडौं, २३ जेठ। समाजवादी पार्टीकी नेतृ, सांसद सरिता गिरीले सांसद गंगा चौधरीले आफूविरूद्ध विद्वेष फैलाउने हेट स्पिच दिएको बताएकी छ्। सांसद गंगा चौधरीले आफूविरूद्ध विद्वेष फैलाउने हेट स्पिच दिएको भन्दै सांसदको रेकर्डबाट हटाउन माग गरेकी हुन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपाकी सांसद चौधरीले रगत उमाल्ने अभिव्यक्ति दिएको भन्दै सांसद गिरीले आक्रोश पोखिन्। केही दिन पहिले सांसद गिरीले नेपालले चीन र भारतसँग सल्लाह गरेर नक्सा प्रकाशित गर्नुपर्ने बताएकी थिइन्। त्यसको प्रतिउत्तरमा सांसद चौधरीले संसदमा भारतीय चेलीको दादागिरी चल्न थालेको भन्दै आक्रोश पोखेकी थिइन्।

त्यसदिन आफू अनुपस्थित रहेको भन्दै समाजवादीकी नेतृ गिरीले चौधरीको नाम नलिई भनिन् भारतीय चेली नेपालमा आएर दादागिरी गर्ने भनिन्। म त्यस्तै भाषा प्रयोग गर्दिनँ । प्रेम, सद्भाव र आग्रहका साथ भन्छु। यो घृणा फैलाउने अभिव्यक्ति कानूनी कारबाहीका लागि पर्याप्त हुन्छ।

म सरकार र गृहमन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु, यसलाई रेकर्डमा राखेर कानूनी कारबाही अगाडि बढाइयोस्। उनले सांसद चौधरीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरिन्। रेकर्डबाट नहटाइए देशको विभाजनको सुरुवात त्यहीँबाट हुने भन्दै चेतावनी पनि दिइन्।

Comments
Loading...
You might also like