मानव अधिकार तथा पत्रकारको टोली रुकुम प्रस्थान

  • 252
    Shares
0

बुटवल–२३ जेठ: मानव अधिकार तथा पत्रकारसहितको ६ सदस्यीय मिशन टोली पश्चिम रुकुम र जाजरकोट प्रस्थान गरेको छ। टोलीमा राष्ट्रिय समाचार समिति (रासस)का पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार अधिवक्ता बालकृष्ण चापागाईं,संविधान सभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडी,मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल,बिबीसी नेपालका पत्रकार माधव नेपाल,एडभोकेसी फोरमका अधिवक्ता शिव प्रसाद गौडेल र पत्रकार विनोद परियारलगायतको टोली त्यस क्षेत्रतर्फ प्रस्थान गरेको छ।

जेठ १० गते पश्चिम रुकुम जिल्लाको चौरजहारीमा भएको नरसंहार घटनाको अध्ययन, अनुगमनका लागि उक्त मिशन टोली गएको हो। सो टोलीले घटनाको अध्ययन गरी यर्थाथ बुझेर सत्य तथ्य सार्वजनिक गर्नेछ । पश्चिम रुकुम र जाजरकोटको अध्ययन गरी ३ दिनपछि बुटवल फर्केने छ।

Comments
Loading...
You might also like