नेपालमा सलह आउने सम्भावना न्युन

  • 58
    Shares
0

काठमाडौं, २३ जेठः बाली नष्ट गर्ने सलह किरा तत्काल नेपालमा आउने सम्भावना न्यून देखिएको छ। सलह किराको रोकथाम तथा नियन्त्रणका लागि गठित प्राविधिक कार्यदलकोे प्रतिवेदनले भारतमा आइपुगेको सहल किरा तत्काल नेपाल आउने संभावना न्युन देखिएको बताएको छ।

सयक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन(एफएओ) को अध्ययनले सलह किरा नेपाल तत्काल नआउने बताएको कार्यदलका संयोजक सहदेव हुँमागाईले बताए।

‘एफओएका सलह विज्ञ किथ किसम्यानका अनुसार सलहको हुल उत्तरबाट दक्षिणतर्फ आउने क्रममा विखण्डित भई साना–साना हुलहरू भारतका अन्यत्र भाग तर्फ मोडिएकाले हाल नेपाल भित्रिने सम्भावना न्यून भएको बुझिएको छ,’ उनले भने।

नेपालमा निर्गेस आँधीले गर्दा नेपालमा मनुसुन छिटै सुरू हुने जल तथा मौसम विभागको प्रक्षेपण रहेकोले गर्दा पनि नेपालमा सलह किरा तत्काल आइहाल्ने संभावना कम देखिएको उनी बताउँछन्। उनकाअनुसार सलह किराले पानी मन नपराउने भएकोले नेपाल भित्रने संभावना कम देखिएको हो।

Comments
Loading...
You might also like