२५ अर्बको पूर्वाधार निर्माण गर्दै आयल निगम (भिडियो)

surendra-poudel01
  • 31
    Shares

काठमाडौं, २३ जेठ। नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले विभिन्न जिल्लामा बोटलिङ प्लान्ट निर्माण गर्नेदेखि चितवनसम्म पाइपलाइन निर्माणको योजना अघि बढिसकेको बताएका छन्। उनले चितवनसम्मको पाइपलाइन निर्माणको सर्वेको मुख्य काम सकिसकेको र डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) अन्तिम चरणमा रहेको बताउँदै बोटलिङ प्लान्ट निर्माणका लागि परामर्शदाता नियुक्तिको अन्तिम तयारी भइरहेको बताए।

पौडेलले बजेटमा पनि भण्डारण क्षमता बढाउने, बोटलिङ प्लान्ट निर्मण गर्ने कुराहरु आउँदा आफूहरुलाई उर्जा मिलेको बताउँदै अटोमेशनमा जानका लागि धेरै काम गर्न बाँकी रहेको बताए। पौडेलका अनुसार पूर्वाधार निर्माणका लागि २५ अर्बको योजना सुनाउँदै त्यसलाई सफल बनाउन आफूहरु कटिवद्ध भएर लाग्ने बताए।

कर्पोरेट नेपाल डटकमबाट साभार

थप कुराकानी भिडियोमाः