इनरव्हिल क्लव अफ मिडटाउनको अध्यक्षमा मिठु टण्डन भण्डारी चयन

  • 217
    Shares
0

अस्मीना पाण्डे/बुटवल,२३,जेठ: सामाजिक कार्यमा अग्रणी भुमिका निर्वाह गर्दै आएको महिलाहरु मात्र आवद्ध इनरव्हिल क्लव अफ मिडटाउन बुटवलले वर्ष २०२०/२१ का लागी नयाँ कार्य समिति चयन गरेको छ । लक डाउनको अवस्थामा अनलाइन मार्फत बसेको बैठकले सर्वसम्मत रुपमा नौ सदस्यीय नयाँ कार्य समिती चयन गरीएको हो । 

बर्ष २०२०/२१ का लागी मिठु टण्डन भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको गरिएको क्लबका निबर्तमान अध्यक्ष लक्ष्मी क्षेत्रीले जानकारी दिइन। त्यसैैगरि क्लबको उपाध्यक्षमा सरस्वती ढुगांना ,आई पिपि लक्ष्मी क्षेत्री ,सचिव रञ्जु गौतम , कोषाध्यक्ष धर्मदेवी न्यौपाने,आइएसओ शान्ता भण्डारी , इडिटरमा सुमित्रा न्यौपाने , बोर्ड सदस्यमा सरिता श्रेष्ठ र गिता खनाल रहनु भएको छ।

त्यसै गरी सल्लाहकार हरुमा संस्थापक अध्यक्ष आाशा श्रेष्ठ , पूर्व अध्यक्ष राधा अधिकारी भट्राई र रिता के.सी रहनु भएको छ। यस क्लवले पूराना गर्र्नु पर्ने कार्यक्रमहरुलाई निरन्तरता दिदै थप कार्यक्रमको रुपमा शिक्षा, स्वस्थ्य लगाएत महिला र बालबालिका लक्षीत कार्यक्रमहरु विशेष रुपमा सञ्चालन गर्ने अध्यक्ष भण्डारीले प्रतिबद्धता ब्यतm गरिन् ।
साथै क्लव सञ्चालनका लागी आवश्यक अन्य सव कमिटी र विषगत कमिटिहरु लकडाउन पछि गठन गरीने क्लबले जनाएको छ। क्लवको अन्तराष्ट्र्यि नियम अनुसार अगे्रजी महिनाको जुलाई देखी आगामी जुन सम्म रहने प्रावधान अनुसार एक व्यक्ति ,एक पद र एक वर्ष रहने गरेको छ।

Comments
Loading...
You might also like