शिक्षा

इन्स्यूच्यूट सञ्चालन गर्न माग गर्दै सामाजिक विकास मन्त्रालयमा ज्ञापन पत्र

pic 4
  • 11
    Shares

बुटवल, २१ असार । लुम्बिनी नन् एकेडेमिक इन्स्यूच्यूट एशोसिएसनले इन्स्यूच्यूटहरु सञ्चालन गर्न माग गर्दै सामाजिक विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ। आइतबार एशोसिएसनका अध्यक्ष निलम अधिकारी नेतृत्वको टोलीले सामाजिक विकास मन्त्री सुर्दशन बराललाई ज्ञापन पत्र बुझाएका हुन्।

एशोसिएसनले लकडाउन र कोरोना त्रासबाट इन्स्यूच्यूटहरु ४ महिनादेखि बन्द भएको भन्दै घरभाडा मिनाह, कर मिनाह, छात्रबृत्ति अक्षय कोष निर्माण सहयोगार्थ सहितको ७ बुदे ज्ञापन पत्र सामाजिक विकास मन्त्री सुर्दशन बराललाई बुझाएका हुन एशोसिएसनले स्वास्थ्य सावधानी अपनाउँदै एक बेञ्च, एक विद्यार्थी राखेर अध्ययन गर्न समेत ज्ञापन पत्रमार्फत् अनुरोध गरेको छ।

औपचारिक शिक्षा प्रदान गर्ने स्कूल कलेजहरुले हाल सञ्चालन गर्दै आएका अनलाइन तथा प्रत्यक्ष कक्षाहरु तुरुन्त बन्द गर्न पनि माग गरेको छ। एशोसिएसनका अध्यक्ष निलम अधिकारीले ईनिस्टिच्यूटबाट अध्ययान हुने कक्षाहरु अनलाइन कक्षाका नाममा कलेज र विद्यालयले सञ्चालन गरेको भन्दै तत्काल बन्द गर्न आग्रह गरिएको बताए।

एशोसिएसनका सचिव प्रितम भुसालले शिक्षा क्षेत्रमा टेवा पुराउने इन्स्यूच्यूटहरुलाई सरकारले वेवास्ता गरेको भन्दै औपचारिक शिक्षा प्रदान गर्ने विद्यालय कलेजलाई हेर्ने दृष्टिकोण ईनिस्टिच्युटलाई पनि हेर्नुपर्ने बताए। ज्ञापन पत्र बुझ्दै सामाजिक विकास मन्त्रालय सुर्दशन बरालले छिट्टै इन्स्यूच्यूटहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। अझै पनि कोरोना संक्रमण र लकडाउन जारी रहेको भन्दै ज्ञापन पत्रमा उल्लेखित मागका सम्बन्धमा चरणबद्ध रुपमा छलफल गरेर निचोड निकाल्ने उनले बताए ।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्