मनाङ र मच्छिन्द्र फुटबल क्लबका खेलाडीबीच झडप

  • 35
    Shares
0

काठमाडौं, २१ पुस। शहीद स्मारक ए डिभिजन लिगका २ टोली मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबका खेलाडीबीच रंगशालामा झडप भएको छ। आज एक–अर्का्विरुद्धको खेलका लागि मैदान उत्रिएका दुबै टोलीका खेलाडीबीच खेल सकिनै लाग्दा झडप भएको हो।

दुबै टोलीका खेलाडीबीच झडप भएपछि प्रहरीले दुबै टोलीका खेलाडीलाई ‘स्कर्टिङ’ गरेर ड्रेसिङ रुम भित्र ल्याएको छ। खेलाडीबीच झडपको स्थिति सिर्जना हुँदा दुवै क्लबका पदाधिकारी समेत हातपातमा उत्रिएका थिए।

ए डिभिजन लिगको उपाधी दाबेदार मानिएका मनाङ र मच्छिन्द्रबीचको आजको खेल भने २–२ को बराबरीमा सकिएको छ। दुबै टोलीले खेलको निर्धा्रित समयसम्म २–२ गोल गर्न सके। मनाङका लागि फेमी जोसुवा र विमल रानाले १–१ गोल गरे भने मच्छिन्द्रका सुजल श्रेष्ठ र सोमिडे एडिलाजाले १–१ गोल गरेका हुन्।

Comments
Loading...
You might also like