एनआईसी एशिया बैंकको नयाँ वेबसाइट सञ्चालनमा

  • 30
    Shares
0

काठमाडौं, २६ माघ। एनआईसी एशिया बैंकले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ। आकर्षक शैलीको आवरण भएको नयाँ वेबसाइटमा बैंकको सेवा सुविधाकोे विवरण हेर्न चाहनेहरुको लागि अन्तरक्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुका साथै उक्त वेबसाइट नेपाली भाषामा समेत सञ्चालनमा ल्याइएको हो।

ग्राहकहरुले नेपाली भाषामा बैंकका सूचनाहरु उक्त वेबसाइटबाट प्राप्त गर्न सक्नेछन्। गूगल म्यापलाई समेत संलग्न गरिएकोले उक्त वेबसाईटबाट सजिलै बैंकको शाखा, एक्स्टेन्सन काउण्टर, एटिएम रहेको स्थान सजिलै पत्ता लगाउन सकिनेछ। साथै बैंकको कार्ड तथा मोबाईल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने पसल तथा व्यवसायीको स्थानको पहिचानसमेत गर्न सकिनेछ। वेबसाईटलाई मोबाइलबाट पनि चलाउन मिल्ने गरी डिजाइन गरिएकोले ग्राहकहरुले जुनसुकै स्थानबाट पनि आफ्नो स्मार्टफोनमार्फत् वेबसाइट चलाउन सक्ने सुविधा प्रदान गरिएकोे छ।

वेबसाईटबाटै खाता खोल्न मिल्ने सुविधाका साथ बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा “साथी“ च्याटबट वेबसाईटमै उपलब्ध रहेको छ। वेबसाईटमा प्रयोगकर्ताको रुची अनुसार बैंकले उपलब्ध गराउने विभिन्न सुविधा तथा जानकारी प्रयोगकर्ताको वेब–ब्राउजरमा स्वचालित सूचना (alert) मार्फत् पठाउन सकिने प्रविधिको समेत प्रयोग गरिएको छ।

आफूलाई मन परेका जानकारी र सूचना सामाजिक सञ्जालमा सेयर गर्न सकिने गरी व्यवस्था मिलाइएको छ। प्रयोगकर्ताको डाटा सुरक्षाको लागि विशेष सुरक्षा संयन्त्रको प्रयोग गरिएको छ।यो www.nicasiabank.com वेबसाइटले प्रयोगकर्तालाई नविन अनुभुती प्रदान गर्दै बैंकका लागि डिजिटाइजेसनमा अर्को कोशेढुङ्गा सिद्घ हुने बैंकले विश्वास लिएको छ। बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै बैंकले डिजीटल प्रविधिको उच्चतम प्रयोग गरी गतिशील बैंकिङ्गको अभ्यासलाई थप टेवा पुग्ने विश्वास लिएको छ।ग्राहकलाई बैंकको बारेमा जानकारी लिन वा सेवा उपभोग गर्न अत्यन्त सहज हुने कुरामा बैंक पूर्ण विश्वस्त रहेको छ।

बैंकको मुलुकभर ३ सय १३ शाखा कार्यालयहरु, ४४१ एटिएम, १०४ वटा एक्स्टेन्सन काउण्टर एवं ५० वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन् सफल भएको छ। करिव २१ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमूख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिव ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।

Comments
Loading...
You might also like