भाइरल प्रभावित क्षेत्रका ५ सय २२ बिरामीको उपचार

  • 12
    Shares
0

राजेन्द्र बिक\ बाजुरा, २३ माघ। जिल्लाको हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा फैलिएको भाइरल ५ सय २२ जना बिरामीको उपचार भएको छ। बुधबार र बिहीबार गरी ५ सय २२ जनाको उपचार गरिएको जिल्ला प्रसासन कार्यालय बाजुराले जनाएको छ।

त्यसैगरी स्वामीकार्तिक खापर गाउँपालिकामा १ सय १५ जनाको उपचार गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाजुराले दिएको जानकारी अनुसार स्थानीय तहमा भएका र जिल्लाबाट गएको स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको जनाएको छ। हिमाली गाउँपालिकामा रहेका बिरामीहरु मध्य दुई जनाको नमुना संकलन गरिसकेको बताएको छ। बुधबारदेखि निरन्तर स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन्।

नमुना संकलन कुन ठाउँमा पठाएको भन्नेबारे जिल्ला प्रशासन कार्यालले पठाएको पत्रमा उल्लेख गरिएको छैन। स्वामीकार्तिक खापर गाउँपालिकामा २ जनाको मृत्यु भइसकेको छ। भाइरल रोग बिस्तारै नियन्त्रणमा आउने स्वास्थ्य कार्यालय बाजुरा निमित्त कार्यालय प्रमूख रामचन्द यादवले बताए।

Comments
Loading...
You might also like