नेपालको भूगोल कहाँ के छ ?

Flag_map_of_Nepal

विष्णुमति नदीको उद्गम स्थल सपन तिर्थ हो । माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल राराताल हो । फेवातालको बीचमा वराहको मन्दिर अवस्थित छ । नेपालकोशे–फोक्सुण्डो तालको आकार गुलेली जस्तो छ । नेपालको सबैभन्दा ठूलो हिमताल च्छोरोल्पा हिमताल हो। नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको भञ्ज्याङ्ग चाबुक भञ्ज्याङ्ग ५९७९ मिटर उचाइमा अवस्थित छ ।

कर्णाली नदीको जलप्रवाह औसत १३१६ क्यूवीक मिटर प्रतिसेकेण्ड छ । नेपालको बागलुङ, चिसापनी र फूलचौकी स्थानमा चाँदीको खानी भएको अुनुमान गरिएको छ । विश्वको सबैभन्दा उच्चस्थानबाट बग्ने नदी अरुणलाई तिब्बती भाषामा फुङ्चु नदी भनिन्छ । बिश्वको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यकाको उचाइ करिब ४५७ मिटर छ । स्थानीय किवदन्तीअनुसार पार्वतीको नेत्रकोषबाट खसेको पसीना बगेर प्रादूर्भाव भएको नदी दूधकोशी हो ।

सप्ताकोशी नदीको सबैभन्दा ठूलो र लामो नदी अरुण हो । महाकाली नदीलाई भारतमा पुगेपछि शारदा नदीका नामले चिनिन्छ । नेपालको सबैभन्दा लामो पुल भएको कन्काई नदी झापा जिल्लामाजिल्लामा पर्दछ । कन्काई नदीको उद्गम स्थान महाभारत पर्वत हो । सुनकोशी नदीको पौराणिक नाम शुभश्रवा हो । महेन्द्रनगर महाकाली नदीको किनारमा अवस्थित छ । मोहना नदीको किनारमा अवस्थित क्षेत्र धनगढी हो भने गमगढी मुगु कर्णाली नदीको किनारमा अवस्थित छ ।

जोमसोम कालीगण्डकीको किनारमा अवस्थित छ भने चामे स्थान नारदखोला नदीको किनारमा अवस्थित छ । नेपालको प्रसिद्ध ताल ‘रारा’ मुगु जिल्लामा अवस्थित छ । रारा ताललाई वि.सं. २०२० चैत्र १३ गतेदेखि महेनद्रताल नामाकरण गरिएको हो । अंग्रेजी अक्षरको थ जस्तो आकारको देखिने शे–फोक्सुण्डो ताल समुन्द्र सतहदेखि ३९०० मिटर उचाइमा अवस्थित छ । नेपालको मानव निर्मित तालहरुमध्ये सबैभन्दा ठूलो ताल इन्द्रसरोवर ताल हो। नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा १९ वटा जिल्ला रहेका छन् ।

गोभरगाढा भन्ने स्थान सप्तरी जिल्लामा पर्दछ। वराह क्षेत्र सुनसरी जिल्लामा पर्दछ । मस्र्याङ्दी नदीको उद्गम स्थल अन्नपूर्ण हिमाल हो। रारा ताल ३२०० मी उचाईमा रहेको छ । शुक्लाफाँट वन्यजन्तु आरक्ष कञ्चनपुर जिल्लामा पर्दछ । नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा हो भने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा हो । नेपालको कैलाली जिल्लाको सिमाना चारैतिर पानीले छुट्टाइएको छ । अमलेखगञ्जको पुरानो नाम भिच्छाखोरी हो । बढी विमानस्थल भएको जिल्ला सोलुखुम्बु हो।

नेपाल पिक ताप्लेजुङमा पर्दछ भने सिहलिला पर्वत ताप्लेजुङ पर्दछ । नेपालको प्रमाणिक समय ग्रिनविच समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । शे–फोक्सुण्डो तालको गहिराई ६५० मिटर छ भने रारा तालको गहिराई १६७ मी छ । ७ कुण्डको जिल्ला रसुवा हो भने ७ तालको जिल्ला कास्की हो । करुवाको लागि पाल्पा प्रख्यात छ भने जुनारको लागि सिन्धुली प्रख्यात छ। चिलिमे जलविद्युत आयोजना रसुवामा पर्दछ भने सल्लेरी च्यास्ला जलविद्युत सोलुखुम्बु पर्दछ । बाह्र सिङ्गेका लागि प्रसिद्ध वन्युजन्तु आरक्ष शुक्ला फाँट वन्यजन्तु आरक्ष हो । सगरमाथाको शिखरमा सबैभन्दा धेरै पटक पाइला टेक्ने महिला ल्हाक्पा शेर्पा हुन् ।

पालमा पहिलेदेखि केबुलकार सेवा चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म संचालित छ। नेपालमा केवुलकारको सञ्चालन वि.सं.२०५४ जेष्ठ २७ गतेबाट भएको हो । काठमाडौं–हेटौडा रोपवे रज्जु मार्गको लम्बाइ सरदर ४२.३ कि.मि. छ । नेपालको सरदर ५००० मिटर उचाइको क्षेत्रफललाई हिमरेखा घोषित गरिएको छ । गण्डकी नदीको विद्युत क्षमता २१,००० मे.वा. छ । भारतमा पुगेपछि कर्णाली नदीलाई घाघरा नामले चिनिन्छ ।

पहिलो भाग: नेपालको भौगोलिक विभाजन कसरी गरिएको छ ?

नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि.रहेको छ । नेपालको पूर्व पश्चिम औसत लम्बाई ८८५ कि.मि. रहेको छ । नेपालको उत्तर–दक्षिण औसत चौडाई १९३ कि.मि.रहेको छ । नेपाल एशिया महादेशमा अवस्थित छ । नेपालले एशियाको कूल क्षेत्रफलको ०.३५ प्रतिशत भाग ओगटेको छ । नेपालले विश्वको कूल क्षेत्रफलको ०.०३५प्रतिशत भाग ओटेको छ । नेपाल पूर्वी देशान्तरमा पर्दछ।

नेपाल उत्तरी अक्षांस अक्षांसमा पर्दछ । नेपाल ८०.४ पूर्वी देशान्तरदेखि ८८.१२ पूर्वी देशान्तरमादेशान्तर रेखामा अवस्थित छ । नेपाल २६.२२ उत्तरी अक्षांसदेखि ३०.२७ उत्तरी अक्षांसमा अक्षांश रेखामा अवस्थित छ । नेपालका ६ वटावटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ । चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु ३६ वटा छन् । भारतसँग मात्रै सीमना जोडिएका २६ वटावटा जिल्लाहरु छन् । क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला डोल्पा हो ।

क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कर्णाली हो । क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे फोक्सुण्डो हो । क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला भक्तपुर हो । नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा ५घण्टा ४५ मिनेट बढी छ । नेपालको प्रामाणिक समय ८६ डिग्री १५ मिनेट देशान्तर रेखालाई देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ।

नेपालको प्रामाणिक समय गौरीशंकर हिमाललाई आधारमानी निर्धारण गरिएको छ । नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका अञ्चलका ५र५ वटा जिल्लाहरु रहेका छन् । नेपाललाई २०१८ बैशाख १ गते १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो । नेपाललाई २०२९ साल सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ।
८ वटा जिल्ला हुने अञ्चल वाग्मती हो । ६र६ वटा जिल्लाहुने अञ्चलहरु लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी हुन् ।

महाकाली पारीका नेपालका २ गाविस चाँदनी र दोधारा हुन् । गंगासागर पोखरी जनकपुरधाम, धनुषा पर्दछ । सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम सिमिकोट हो । चीन र भारत दुवैदेशलाई छुने जिल्ला ताप्लेजुङ्ग र दार्चुला गरी २ वटा छन् । सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम जलेश्वर हो। ४र४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल ३ वटा, मेची, महाकाली, धवलागिरी रहेका छन् । सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो । अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला सल्यान हो ।

नेपालको सबैभन्दा उत्तरी विन्दु हुम्ला जिल्लामा पर्दछ । नेपालको सबैभन्दा दक्षिणी विन्दु लोदावारी, झापा जिल्लामा पर्दछ । भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु २४ वटा छन् । चीन सँग मात्र सीमाना जोडिएका जिल्लाहरु १५ वटावटा छन् । दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला धादिङ्ग हो । काठमाण्डौ उपत्यकाको क्षेत्रफल ६४२ वर्ग कि.मि. छ। नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ नेपालगञ्ज हो ।

नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कास्की हो । नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला मुस्ताङ्ग हो । मकालु हिमाल महालंगुर हिमश्रृंखलामा पर्दछ । सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा इलाम जिल्लामा पर्दछ। महेन्द्र गुफा कास्की जिल्लामा रहेको छ । हेलम्वु सिन्धुपाल्चोक जिल्लामा पर्दछ । महालंगुर हिमश्रृंखलाको अर्को नाम खुम्वु पनि हो।

भोजपुर खुकुरीका लागि प्रसिद्ध छ । काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल जुगल हो । काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी थिम्पु हो । काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी माले हो । चाँदनी टापु र दोधारा टापु नेपालको कञ्चनपुर जिल्लामा पर्दछन् । झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको बाग्लुङ्ग जिल्लालाई चिनिन्छ । कसरा ताल चितवन जिल्लामा पर्दछ ।  महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला पर्सा हो । सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ।

 

 

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्