काठमाडौं, २४ चैत। नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ। गर्भनर नियुक्तिका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित समितिले तीन जनाको नाम सिफारिश गरेर प्रस्ताव तयार गरेकाले आजै नियुक्ति हुने बुझिएको छ।
सिफारिस हुनेमा पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा पूर्व अर्थसचिव राजन खनाल छन्।
सिफारिसहरुमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्व सचिव राजन खनाल रहेका छन्। शिवाकोटीको नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेकाले उनको संभावना बलियो रहेको बताइएको छ।
अर्थन्त्रालय स्रोतका अनुसार, आजै गभर्नर नियुक्ति गर्नका लागि अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेका छन्। निवर्तमान गभर्नर डा. चिरञ्जिवी नेपालको पदावधि ५ चैतमा सकिएपछि गभर्नर पद रिक्त छ। अर्थमन्त्री खतिवडाले निवर्तमान गभर्नर डा. नेपालको पदावधि सकिनु अगाडि नै नयाँ गभर्नर नियुक्ति गरिसक्ने बताउँदै आएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण नियुक्ति प्रकृया रोकिएको थियो।