भरतपुर अस्पतालको आईसीयूमा एक युवाको मृत्यु

death
सांकेतिक तस्वीर
  • 23
    Shares

चितवन, २४ जेठ। भरतपुर अस्पतालमा आज बिहान एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिकाका एक २७ वर्षीय पुरुष रहेका छन्। भरतपुर अस्पतालको आईसीयूमा रहेका उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या आएपछि उनलाई शुक्रबार भरतपुर अस्पतालको कोभिड-१९ आईसीयूमा भर्ना गरिएको थियो। उनी केहि समताअघि भारतबाट माडी आएका थिए। मृत्यु भएका युवाको कोरोना परिक्षणको लागि स्वाब संकलन गरी सकिएको जनाइएको छ।

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्