‘क्वारेन्टाइनको पाँचौं दिन’

  • 19
    Shares
0

-कृष्ण प्रसाद शर्मा (परिवर्तन)

विदेश वा काम गरेको ठाउँबाट आफ्नो जिल्ला गाउँ घर परिवारसँग फर्केर आउनु कुनै अपराध होइन। अनुशासनको पालना गरेर जतिपनि क्वारेन्टाइनमा बसेका छन्। ति सबैलाई सम्मान गर्न आवस्यक पर्ने सामग्री सेनिटाइजर, नुहाउने धुने साबुन सरफ, कोलगेट ब्रस, मास्क, फिनायल लगायतको पूर्ति गर। तातोपानीको बाफ लिने, तातोपानी नियमित पिउने,समय अनुसार खाना नास्ता दिने वातावरण अनिवार्य मिलाउनु पर्‍यो।

व्यवस्थापन भनेको हलभित्र राखेर बाहिर गेटमा चाबी ठोकेर जानु मात्र बिल्कुलै होइन, कतिपय क्वारेन्टाइनका रिपोर्टहरु अत्यन्तै पिडादायी भोगिएका र सुनिएका छन्। गाउँका जनतालाई पनि आतंकित पार्ने काम नगरियोस्। साथै मिडियाले पनि नकारात्मक हल्ला फैलाउने जनता आतंकित मात्र पार्ने होइन कि सकारात्मक वातावरण बनाउन पहल गरौं क्वारेन्टाइन आइसुलेसनमा भएकाहरुलाई आवश्यक सहयोग गर्ने वातावरण निर्माण गरौं।

कोभिड-१९ कोरोना भाइरस लक्षण देखिदा, गर्नुपर्ने काम, बच्ने उपायहरुः

दैनिक रुपले तपाईंले मुख, नाक, आँखा, खाना, चाबी तालाहरू, चुक्कुल, विद्युतिय स्विचहरू, रिमोट कन्ट्रोल, मोवाइल (सेल) फोन, घडिहरू, कम्प्युटर, डेस्क, टिभी, आदि छुनुअघि र पछि साथै शौचालय तथा स्नानकक्ष प्रयोग पश्चात साबुन पानीले हात धुनुपर्छ।

एक-अर्को बिचमा सकेसम्म दुई मिटरको सामाजिक दूरी कायम राख्ने। कोरोना भाइरसबाट बच्ने यो नै सवैभन्दा उत्तम भनाइ र गराई हो। सामूहिक यात्रा गरी एक ठाउँबाट अर्को ठाउँमा गएपछि

१.अनिवार्य क्वारेन्टाइनमा बस्ने। लक्षण देखिए वा पोजिटिभ देखिएमा आइसुलेसनमा बस्ने,

२. नियमित साबुन पानीले हात धुने,

३.मह,तुलसी पत्ता, अदुवा ,कागती राखेर उमालेको तातो पानी प्रत्येक ३० मिनेटमा एक गिलास पिउने, जम्मा दैनिक ३देखी ४ लिटर पिउने,

४.उमालेको तातो पानीको बाफ प्रत्येक ४ घण्टाका दरले दिनमा ४ पटक लिने, (पिनास,अधा दुखेको छ भने निमपत्ता, सीमली ,कालो केमना र तुलसीका पातहरु बेस्करी पकाई वाफ लिने,

५. त्यसैगरि दैनिक ४ पटक गुनगुने नुने पानीले ग्लारा गर्ने,

६. दुध , कफी वा चिया बेला बेलामा ल्वाङ, सुकमेल, मरिज, अदुवा राखेर पिउने,पौस्टिक आहारा लिने,

७.अन्य मानवसँग २ मिटर दूरी बनाई राख्ने, भीड भाडमा नजाने,

८. क्वारेन्टाइनमा शरीर, कपडा दैनिक सफा राख्ने हात खुट्टाका नङ काट्ने, बासस्थानमा पूर्ण सरसफाई राख्ने,

९.बेसार,अदुवा,लसुन,मरिच, मेथी, ल्वाङ, सुकमेल, टिमुर, तुलसी पत्ता लगायत पानीमा धेरै बेर पकाएर कागति रस वा मह मिसाएर एक गिलास बिहान बेलुकी दैनिक पिउने,

१०. शारिरीक ब्यायाम गर्ने, योगा गर्ने, अध्ययन अथवा मनोरञ्जनमा मस्त ब्यस्त रहने।

११. आफन्तजनसँग टाढा भए दैनिक एक पटक फोन, भिडियो कल गर्ने, घर परिवार भित्रै पनि दूरी कायम राखेर बसी विभिन्न छलफल गर्ने, टिभी, समाचार हेर्ने,सुन्ने,

१२. सामान्य रुघा खोकी जोरो हाछ्यु लाग्यो भने मौसमी पनि हुन सक्छ हतोत्साही नहुने मसलेदार (९ नं.का सामग्री) झोल(रस) पिउने र म ठिक छु भन्ने मनोबल बनाई राख्ने,

१३. मास्क प्रयोग गर्ने,हाछ्यु गर्दा नाक छोप्न रुमाल वा हातको कुहिंना प्रयोग गर्ने,

१४.बरफ ठण्डा वा फ्रिज जन्य पिय तथा खाद्य प्रयोग नगर्ने,

१५.बिमारीले बेसारे पानीले नुहाउने,

१६. कमजोर महसुस भए जिवन जल (नुन चिनी उमालेको पानी) बनाई पिउने,

१७. झोलिलो वा नरम खाने कुरा बेला(बेला खाइ रहने।

१८. सरकार र राजयले जारी गरेका निर्देशन पालना गर्दै माथि दिइएका तरीकाहरु अपनाइयो भने १०/१५ दिनमा कोरोना पोजेटिभहरु पनि नेगेटिभ बन्न पुग्दछन् भन्ने सुझाव विभिन्न अनुभविहरु डाक्टरहरुले दिइरहेका छन्। हामीले पनि अपनाउने कोशिस गरौं कोरोनाबाट बचौं।

सामान्य स्थिति
रुघा, खोकी, हाछ्यु, सिँगान बग्नु, टाउको दुख्नु, आँखा राता(गुलाभी) रंग हँुदै जानु, शरिर दुख्नु, जोरो आइरहनु, खाना मिठो नहुनु श्वास फेर्न असजिलो महसुश हुनु जस्ता लक्षण देखिन सक्ने, यस्तो अवस्थामा क्वारेन्टाइनमै निति निर्देशनको पालना गर्दै माथिका कुराहरु लागू गर्ने, डाक्टरहरुसँग फोनमार्फत् सुझाव सल्लाह लिने र नजिकको औषधि पसलबाट सिटामल, औषधि लिई प्रयोग गर्ने।

प्रवेशको स्थिती

क.जोखिमको स्थिती नदेखिने तर सामान्यतया लक्षणहरु निरन्तर धेरै दिनसम्म भइ रहेमा भएमा
ख. खुट्टाका औँलाहरुका माथि,तल,कापाहरु र पैतालाहरुमा राता तथा गुलाबी रंगका फोका,चालाहरु देखिएमा कोरोना आइसुलेनमा डाक्टरलाई खबर गर्ने सल्लाह सुझाव अनुसार आइसुलेसनसँगै टेस्ट प्रक्रियामा लाग्ने। ( पछिल्लो समय देखा परेको लक्षण)।

सम्भावित कोरोना बिमारी जोखिम स्थिती

१. जोरो १०२ डिग्री माथि आउनु,
२. निरन्तर जोड जोडले फुको खोकी लाउनु,
३. सास् फेर्न कठिनाई वा स्याकुर ,स्याकुर हुनु,
४.शरीर गल्नु कमजोर महशुस हुनु रिंगाटा लाग्नु थामीन नसक्नु भई ढल्नु,
यस्तो भएमा तुरुन्त फोन गरी एम्बुलेन्स पठाउन नजिकको कोरोना अस्थायÞी अस्पतालमा खबर गर्ने।

कोरोना सर्ने जोखिम सम्भावनाहरु

१.कोरोना संक्रमितले प्रयोग गरेका वस्तु प्रयोग गर्नु वा समातेका ठाउँहरुमा समाउनु,
२.सक्रमितसँग सँगै उठ बस वा लस पस गर्नु, दुई मिटर दूरी कायम नगर्नु,
३. संक्रमितले अरु मास्क प्रयोग नगरेका नजिक भएको बेला खुल्ला रुपले खोक्नु वा हाछ्यु गर्नु ,
४. संक्रमित वा अन्यले हिडडुल गर्दा मास प्रयोग नगरेको अवस्थामा,
५. कतै हिडडुल गरी वा मार्केट मन्डीमा नयाँ वस्तु लिएर फर्के पछि साबुन पानीले मिचिमिची हात नधुनुले,
६.सरकार वा राज्य, स्वास्थकर्मीका निर्देशन वा सुझाव सल्लाह उलङ्घन गरेको अवस्थामा, सबैसे उच्च सतर्कता अपनाऔँ कोरोना भगाऔँ मानव बाँचौं।
विभिन्न पिडित, अनुभवि, डाक्टरहरुका सुझाव सल्लाहबाट संकलन गरिएको हो।

Comments
Loading...
You might also like