नेपालमा कोरोनाका कारण थप एकको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
0 Shares

काठमााडौं, २४ जेठ। नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ। डोल्पामा मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएसँगै मृत्यु हुनेको संख्या १२ पुगेको हो।

अहिलेसम्म कोभिड १९ बाट मृत्यु भएका १२ जना मध्ये १० जनामा कोरोना भाइरसको संक्रमण मृत्यु पछि मात्रै पुष्टि भएको छ। जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि लिइएको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

उनी १२ जनाको समूहमा यहि जेठ १८ गते सुर्खेतबाट डोल्पा पुगेका थिए। होम क्वारेन्टाइनमा रहेका उनको जेठ २० गते मृत्यु भएको थियो। त्यसको दुई दिनपछि स्वाब संकलन गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्