करणीको आरोपमा गाउँपालिकाका कर्मचारी पक्राउ

  • 10
    Shares
0

इलाम, २४ जेठ। इलामको माङसेबुङ गाउँपालिकाका एक कर्मचारी जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। माङसेबुङ गाउँपालिका ६ चिसोपानी पंचमी बजारका ५५ वर्षीय असिस्टेन सबइञ्जिनियर काजीमान राई पक्राउ परेका हुन्।

एक महिलाको डेरामा गएर जबरजस्ती करणी गरेको आरोपमा सबइन्जिनियर राईमाथि आरोप लागेको थियो। जेठ १४ गते बुधबार राती आफूमाथि जबरजस्ती करणी भएको भन्दै पीडितले राईविरुद्ध जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएकी थिइन्। घटनापश्चात फरार राई कार्यालयमा समेत उपस्थित थिएनन्।

प्रहरीले घटनाको ९ दिन पक्राउ गरेको हो। राईलाई म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। यता गाउँपालिकालाई भने यस विषयमा कुनै जानकारी नआएको माङसेबुङ गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले बताए।

Comments
Loading...
You might also like