बाँकेमा थप १२ जना कोरोना संक्रमित थपिए

  • 38
    Shares
0

बाँके, २४ जेठ। बाँकेमा कोरोना संक्रमितहरुको संख्या २६७ पुगेको छ। शनिबार भेरी अस्पतालको प्रयोशालामा परीक्षणबाट पुष्टि भएका १२ जनासहित बाँकेमा संक्रमितको संख्या २६७ जना पुगेको हो।

पछिल्लो समय भारतमा रहेका नेपालीहरु फर्किने क्रम बढेसंगै बाँकेमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेको छ। यसअघि गत बिहिबार मात्रै बाँकेका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एव कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा पछिल्लो समय एकैपटक एकै क्वारेन्टाइनमा संक्रमितहरु धेरै देखिने गरेको बताए। उनका अनुसार अहिले भेटिने संक्रमितहरु सबै रोजगारीमा भारत गएर फर्किएकाहरु हुन।

नेपालीहरु फर्किने क्रमसंगै बाँकेमा क्वारेन्टाइन व्यवस्थापनमा समेत समस्या हुन थालेको छ। जिल्लाका बिभिन्न स्थानहरुमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्नेहरु क्षमताभन्दा बढि राखिएका कारण व्यवस्थापन गर्न गाह्रो भएको खटिएका स्वास्थ्यकर्मीहरु बताउँछन्।

जिल्लाका बिभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइन सरकारले जारी गरेको मापदण्ड अनुसार समेत हुन नसकेको गुनासा सार्वजनिक भइरहेका छन् । स्थानीय तहले क्वारेन्टाइन निर्माणका लागि कोठा बाहेक बस्नेहरुका लागि आवश्यक पर्ने सामान्य बस्तु÷सामाग्रीहरुको समेत व्यवस्थापन गर्न सकेको छैन।

Comments
Loading...
You might also like