बर्दियामा एकैदिन २८ जनामा कोरोना पुष्टि

  • 248
    Shares
0

बर्दिया, २४ जेठ। बर्दियामा आज एकैदिन २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा २८ जनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीका अनुसार केहि दिन पहिले भारतबाट रोजगारी गरेर घर फर्किएका बर्दियाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बर्दियाको गुलरिया नगरपालिकामा ११ जना, राजापुर नगरपालिकामा ५ जना, बाँसगढी नगरपालिकामा ५ जना, मधुवन नगरपालिकामा ४ जना र बढैयाताल गाउँपालिकामा ३ जना गरि २८ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ। गुलरिया नगरपालिका वडा नम्बर ३ का ९ जना, वडा नम्बर ६ का १ जना र वडा नम्बर १० का १ रहेका छन्। राजापुर नगरपालिका वडा नम्बर १० का ३ जना र वडानम्बर ८ का २ जना रहेका छन्।यसैगरी बाँसगढि नगरपालिका वडा नम्बर ९ का ३ जना, वडा नम्बर २ का १ जना र वडा नम्बर ६ का १ जना रहेका छन्।  मधुवन नगरपालिका वडा नम्बर २ का २ जना र वडा नम्बर ५ का २ जना रहेका छन्। बढैयाताल गाउँपालिका वडा नम्बर ७ का २ जना र वडा नम्बर ६ का १ जना रहेका छन्।

संक्रमित सबै जना क्वारेन्टिनमा बसिरहेका थिए। उनीहरुको आरडीटी विधिबाट स्वास्थ्य परीक्षणमा पोजेटिभ देखिएपछि स्वाब संकलन गरि पीसीआर विधिबाट परीक्षण गरिएको जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौधरीले बताए। शनिबार एकैदिन २८ जना संक्रमित थपिएसंगै बर्दियामा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ।

यसअघि १३ जना संक्रमित रहेका थिए। संक्रमित मध्ये बर्दिया गुलरिया ११ लालपुरका र राजापुर ५ की वालिका निको भएर घर फर्किसकेका छन्। ६ नगरपालिका र २ गाउँपालिका रहेको बर्दियामा अहिलेसम्म ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा भने कोरोना संक्रमित भेटिएका छैनन्।

Comments
Loading...
You might also like