कारागारका एक थुनुवाको मृत्यु

  • 23
    Shares
0

कपिलवस्तु, २४ जेठ। कपिलवस्तु कारागारमा कर्तव्य ज्यान मुद्दाका एक थुनुवाको मृत्यु भएको छ। यशोधरा गाउँपालिका ७ ईटवा गाउँका ५४ वर्षीय राम अधिन काहारको मृत्यु भएको कपिलवस्तु कारागारले जनाएको छ।

थुनुवाको काहार शनिबार बिहानको खाना खाएर सुतेको अवस्थामै मृत्यु भएको जेलर राकेश पाण्डेयले बताए। थुनुवा काहार कपिलवस्तु अस्पताल आउँदा मृत्यु भइसकेको अवस्थामा रहेको कपिलवस्तु अस्पतालले जनाएको छ।

मृतक काहार २०७६ साल साउन २ गतेदेखि जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा अन्र्तगत पुर्पक्षका लागि कपिलवस्तु कारागारमा थुनामा रहेका थिए।

Comments
Loading...
You might also like