फेसबुकमा पुराना पोष्टलाई एकसाथ कसरी डिलिट वा हाइड गर्ने ?

  • 28
    Shares
0

काठमाडौं। अब फेसबुकमा पुराना पोष्टलाई एकसाथ डिलिट वा हाइड गर्न सकिने भएको छ। फेसबुकमा आफूले गरेका पोष्टहरु डिलिट वा हाइड गर्न सकिने भएको हो। जसको लागि फेसबुकले ‘म्यानेज एक्टिभिटी’ नामक नयाँ फिचरको सुरुवात गरेको छ।

म्यानेज एक्टिभिटको सहयोगले एक वा एक भन्दा बढी पोष्टहरु एकैपटक डिलिट वा हाइड गर्न सकिने छ। फेसबुकको यो सुविधा प्रयोग गर्न सबैभन्दा पहिले फेसबुक एपको लेटेस्ट भर्सन इन्स्टल गर्नुपर्ने हुन्छ। फेसबुक एपको लेटेस्ट भर्सन इन्स्टल गरेपछि आफ्नो फेसबुकको आफ्नो प्रोफाइलमा जानुहोस्। आफ्नो प्रोफाइलमा गएपछि स्क्रोल डाउन गर्नुहोस्। स्क्रोल डाउन गरेपछि ‘म्यानेज पोष्ट’ अप्सन देखिनेछ।

त्यसपछि त्यहाँ भएको फिल्टर अप्सनबाट मिति वा कसले पोष्ट गरेको हो त्यसको आधारमा फिल्टर गर्न सकिनेछ। भने आफुलाई ट्याग गरिएका पोष्ट पनि देख्न सकिनेछ। त्यसपछि आफुले चाहेको पोष्टलाई छानेर हाइड वा डिलिट गर्न सकिनेछ। भने आफुलाई ट्याग गरिएका पोष्टलाई ट्यागबाट हटाउन वा हाइड गर्न सकिनेछ।

Comments
Loading...
You might also like