पाठ्यक्रम विकास केन्द्र परिषदको बैठक सम्पन्न

  • 54
    Shares
0

काठमाडौं, २४ जेठ। पाठ्यक्रम विकास केन्द्रको परिषदको बैठक सिंहदरबारमा सम्पन्न भएको छ। परिषद्का अध्यक्ष शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा सम्पन्न भएको हो।

कक्षा ११ को हाल तयार गरिएको नयाँ ३२ विषयको पाठ्यक्रमको अध्ययन गरी पेस गर्न पाठ्यक्रम परिषदका सदस्य प्रा. डा. लेखनाथ शर्माको नेतृत्वमा ३ सदस्य टोली बनेको छ। सो ३२ वटा विषयको पाठ्यक्रम पाठ्यक्रम विकास केन्द्रको वेब साईटमा राखी ७ दिनभित्र सार्वजनिक सुझाव माग गर्ने निर्णय गरेको समेत गरेको छ।

४८ विषयको पाठयक्रम यस अघि नै स्वीकृति भएको छ भने जम्म ९९ बन्नुपर्ने छ। पाठ्यक्रम विकास केन्द्रको महानिर्देशक केशव दाहालको नेतृत्वमा अतभखत बाट सञ्चालित कभभ पछिको प्राविधिक विषयको अध्ययन र मानवश्रोत विकास केन्द्र अन्तर्गत सञ्चालित ९र १२ को विषयलाई एउटै बनाउने गरी पाठ्यक्रम बनाउने कार्यदल गठन गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीका स्वकीय सचिव पुरन किसीले जानकारी दिए।

Comments
Loading...
You might also like