मेल्सम ओझाको ‘डि भि पर्नेहरुको सम्झनामा’ (कविता)

  • 110
    Shares
0

महङ्गीले कठिन जिन्दगीको मर्म बुझेर,
लामो स्वास लिएथ्योउ डि भि भरेर !
मस्त सुत्याथ्योउ परोस् भन्ने कामना गरेर,
परिहाले टन्टै साफ, कमाउला स्वप्न देशतिर !

 

नेपालले बजेट भाषण भट्याएको केहि दिनमै,
डि भि नतिजा पनि आइहाल्यो बेलामै !
फेसबुकमा एम सि सि मुर्दाबाद भन्दै गर्दा,
तिमीलाइ डि भि परेछ नतिजा खोली हेर्दा !

 

घरेलु उद्योग खोल्न तिमीसङ्ग थिएन रकम,
भिषा, टिकट भैपरीका लागी जुटिहाल्यो दाम !
नेपालमा ड्राइभिङ अन्डर एस एल सिको काम,
पातालमा त नसिकी नहुने भो गर्नलाइ काम !

 

अलिक बेसि तलब खोज्दा रैथाने बेरोजगार,
ढुन्मुनिदै आउछ हेर्छ दिनका दिन तिम्लाइ घुरेर !
माग्छ तिमीसङ्ग केहि बस्तु गर्छौ तिमी इन्कार,
उ फेरी आउछ तिमीलाइ दाग्न बन्दुक लिएर !

 

पाएको सिछ्या यतै काम नलाग्ने उता के लाग्नु,
सिमापार अबैधानिक बस्तु ओसार्न ध्यान जानु !
फेला नपर्दासम्म त्यस्तै हो परेपछी हिरासत,
पैसामुखी तिमी माटोमै गयो नेपाली इज्जत !

 

लौ अरुनै पो काम पायोउ बधाइ दिइदिम्न त,
धेरै त खर्छ हुने भैगो, होला अलि अलि बचत !
बचतले यता किनिने जग्गा हाम्रा लागी महङ्गी,
फेरी उहि चक्र हाम्रा लागी कठिन जिन्दगी !

Comments
Loading...
You might also like