सुनवल नगरपालिका आफैँले भिटिएम खरिद गरेर स्वाब संकलन गर्दै

  • 74
    Shares
0

रमेश भुसाल/ पश्चिम नवलपरासी, २४ जेठ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका आफैले भिटिएम खरिद गरेर स्वाब संकलन सुरु गरेको छ।

कोरोना परिक्षणका लागि देशै भरि पिसिआर टेष्टको लागि किट अभाब भैरहेको बेला नगरपालिकाले आफैँ आन्तरिक श्रोतबाट ५ सय भिटिएम खरिद गरी स्वाब संकलन शुरु गरेको नगरपालिकाका नगरप्रमूख भीम वहादुर थापाले जानकारी दिए।

सुनवलवासीहरुको स्वास्थ्यलाई ध्यानमा राखी समुदाय स्तरमा फैलन नदिनका लागि सामुदायिक क्वारेन्टाइनहरुमा बसेकाहरुको आजदेखि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको नगर उपप्रमूख ददिराम अर्यालले जानकारी दिए।

जसअन्तर्गत सुनवल नगरपालिकाको १३ वटै वडाका क्वारेन्टाइनमा रहेका १ सय ४३ जनाको स्वाब संकलन गरिएको र परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको नगर स्वास्थ्य प्रमूख कृष्ण न्यौपानेले जानकारी दिए।

Comments
Loading...
You might also like