अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

  • 161
    Shares
0

काठमाडौं, २४ जेठ। अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२१ को नतिजा सार्वजनिक भएको छ। अमेरिकी दूतावासका अनुसार डीभी २०२१ को नतिजा आज राति ९ः ४५ बजे सार्वजनिक भएको हो। हरेक वर्ष न्युन आय भएका देशबाट झन्डै ५० हजार जनतालाई अमेरिकाले इडिभी कार्यक्रमअन्तर्गत आफ्नो देशमा वैध प्रवेश तथा बसोबासको अनुमति दिन्छ ।

यसअघि विगत वर्षहरुमा अक्टुबर २ देखि नोभेम्बर ५ सम्म भरिने डिभी चिट्ठाको नतिजा मेइ ५ मा सार्वजनिक हुने गरेको थियो। यसपटक पनि अक्टुबर २ देखि नोभेम्बर ५ कै अवधिमा मानिसहरुले डिभी भरेका थिए । तर कोभिड–१९ का कारण नतिजा सार्वजनिक गर्न भने केही समय ढिलाई भयो।

अमेरिकी दूतावासले नतिजा सार्वजनिक भएको जानकारी दिएको छ । नतिजा थाहा पाउन तपाईंले डिभी भर्दाको समयमा प्राप्त गर्नुभएको कन्फर्मेसन नम्बर प्रयोग गरी  https://dvprogram.state.gov/ मा हेर्नुहोला। यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिँदा तपाईंको नतिजा हेर्न मिल्छ।

 

Comments
Loading...
You might also like