एसईईको नतिजा प्रकाशन गर्ने बोर्डको तयारी

examination_board_
लोकपाटी न्यूज
0 Shares

काठमाडौं, २२ असार। राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा साउन १५ गते प्रकाशन गर्ने गरी तयारी गरेको छ। असार मसान्तसम्म सबै जिल्लाबाट लब्धांक आइपुग्ने र साउन १५ गते नतिजा प्रकाशन गर्ने गरी बोर्डले तयारी गरिरहेको बोर्डका सचिव दुर्गाप्रसाद अयार्लले जानकारी दिए।

अर्यालले भने, ‘विद्यालयहरुमा क्वारेन्टाइन बनाइएको हुँदा कतिपय विद्यालयले लब्धांक पठाउन पाएका छैनन्। ‘सम्भवतः असार मसान्तसम्म सबैको लब्धाकं आइपुग्छ होला त्यसैको आधारमा साउन १५ गते नतिजा प्रकाशन गर्ने गरी काम गरेका छौँ।’

२०७६ चैत ६ गतेदेखि सञ्चालन हुने तयारी भएको एसइई परीक्षा कोरोना संक्रमण फैलन सक्ने त्रासका कारण अन्तिम समयमा सरकारले स्थगित गरेको थियो।

परीक्षा लिनसक्ने स्थिति नभएपछि केही दिनअघि मात्रै सरकारले विद्यालयले लब्धांकपत्र शिक्षा विकास समन्वय इकाइमा पठाउनु पर्ने र जिल्लाले राष्ट्रिय परीक्षा बोर्डलाई पठाएपछि त्यसैको आधारमा बोर्डले नतिजा प्रकाशन गर्ने निणर्य गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्