बुढिगंगा नदिमा डुबेर एक बालक बेपत्ता

dubnu
  • 14
    Shares

राजेन्द्र बि.क/ बाजुरा,२२असार। बाजुरा जिल्लाको बुढिगंगा नदिमा डुबेर १ बालक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बुढिगंगा नगरपालिका वडा नम्बर २ ताप्रा वस्ने वर्ष १५ का प्रताप थापा रहेका छन्।

उनी बुढिगंगा नदिको द्धारी खोला भन्ने ठाउमा डुबेर ब्यपत्ता भएको भन्ने प्रारम्भिक जानकारी पाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिङ ठगुन्नाले बताए।

के कति कारणले सो घटना भएको भन्ने बिषयमा प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराई लगाएतको टोलि क घटना स्थलतर्फ गइसकेको प्रहरी निरीक्षक ठगुन्नाले बताएका छन्।  बेपत्ता थापा लकडाउनपछि काठमाडौबाट घर आएका हुन्।