थप १८० जनामा कोरोना पुष्टि

corona doctor
  • 4
    Shares

काठमाडौं, २२ असार। नेपालमा सोमबार थप १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्। डा. गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका एकजना, सिराहा र सुनसरीका एक एक जना संक्रमित छन्।

यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका २ जना, सिराहा र खोटाङका एक एक जना संक्रमित भएका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, गजेन्द्र नारायणसिंह अस्पताल राजविराटमा गरिएको परीक्षणमा सप्तरीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा नुवाकोटका एकजना र सर्लाहीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा चितवनका एकजना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा नवलपरासीका एकजना र रौतहटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काभ्रेका ३ जना, नलवपरासीका एकजना, ओखलढुंगामा ३ जना र सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा बाराका एकजना, भक्तपुरका १० जना, चितवनका ३ जना, दाङका २ जना, धादिङका एकजना, दोलखाका २ जना, गोरखाका २ जना, झापाका एकजना, कास्कीका एकजना, काठमाडौंका २३ जना, काभ्रेका एकजनामा कोरोना पुष्टि भएको छ।

यसैगरी खोटाङका २ जना, ललितपुरका २० जना, मकवानपुरका ४ जना, नवलपरासी पुर्वका एकजना, रौतहटका ३ जना, संखुवासभाका एकजना, सप्तरीका २ जना सिन्धुलीका २ जना, सिन्धुपाल्चोकका २ जना, सिराहा र सुनसरीका एक एक जना र अर्घाखाँचीका एकजना संक्रमित भएका छन्।

यस्तै त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना र उपदयुपरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै प्रादेशि जनस्वास्थ्य प्रयोगशाला तथा प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ६ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा कास्कीका ७ जना, लुमजुङका ११ जना र गोरखाका ५ जना संक्रमित भएका छन्।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासीका ३ जना, पाल्पाका ४ जना र प्युठानका ४ जना संक्रमित भएका छन् । यस्तै चौरजहारी प्रयोगशालामा जाजरकोटका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता डा गौतमका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा डडेल्धुराका ५ जना र जुम्लाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।