बिरामीलाई अस्पतालकै मिलेमतोमा निजीमा पठाइन्छ : मन्त्री ढकाल

  • 71
    Shares
0

काठमाडौं, २२ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पतालकै कर्मचारीहरूको मिलेमतोमा बिरामीहरूलाई निजी अस्पताल पठाउने गरेको पाइएको बताएका छन्। कान्ति बाल अस्पतालको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकको मिलेमतोमा बिरामी निजी अस्पताल पठाउने गरेको आफूले पनि थाहा पाएको बताएका हुन्।

आस्थाको केन्द्र अस्पताल भए पनि आफैं बिरामी भए आउने बिरामीहरूको अवस्था स्वभाविक रूपमा निको नहुने उनले बताए । ‘जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकसम्मको मिलेमतोमा सरकारीबाट निजी अस्पतालमा पु¥याएबापत कमिसन लिन्छन् र बिरामी त्यही थला पर्छ,’ उनले भने, ‘अन्तिममा केही उपाय नलागेपछि बिरामीलाई पुनः सरकारी अस्पतालमै फिर्ता गराइन्छ।’

मन्त्री ढकालले चिकित्सकहरूको आचरण र व्यवहारमा सुधार गर्न सके मात्रै सरकारी अस्पतालको अवस्था सुधार हुने बताए। निजी क्लिनिकहरूको घेराबन्दीमा अस्पताल पर्नु राम्रो नभएको मन्त्री ढकालले बताए । उनले कर्मचारी सरुवा गर्दा शुल्क बुझाउने परिपाटीको निर्ममतापूर्वक अन्त्य गर्ने र औषधि खरिद–बिक्रीमा हुने कमिसनको खेल अन्त्य गर्ने प्रतिबद्धतासमेत जनाए ।

Comments
Loading...
You might also like