नायिका स्वस्तिमा र केकी अमेरिकन चलचित्रमा खेल्दै

heroni swostima n keki
लोकपाटी न्यूज
0 Shares

काठमाडौं, २५ वैशाख। दुई नेपाली नायिका स्वस्तिमा खड्का र केकी अधिकारीले अमेरिकन चलचित्रमा काम गर्ने भएका छन्। केही समयअगाडि नेपाल आएको चलचित्रको टिमले अडिसनबाट नै स्वस्तिमा र केकीलाई छनोट गरेको थियो।

अमेरिकन चलचित्र निर्माण पक्षले अङ्ग्रेजी भाषामा निर्माण गर्न लागेको चलचित्रमा स्वस्तिमा अनुबन्धित भएकी हुन् यस चलचित्रमा स्वस्तिमाले मूख्य भूमिका निर्वाह गर्ने बताइएको छ।

चलचित्रमा स्वस्तिमा र केकी दिदी-बहिनीको भूमिकामा प्रस्तुत हुने बताइए पनि कुन विषयवस्तुमा चलचित्र निर्माण हुँदै भन्ने विषय भने खुलाइएको छैन। अन्य कलाकार भने अमेरिकी रहनेछन्। कोरोना त्रासपछि उक्त चलचित्र अमेरिकामा छायाङ्कन हुनेछ।