गायिका रेखाको ‘मौन’ गीतको भिडियो सार्वजनिक

  • 350
    Shares
0

काठमाडौं। गायिका रेखा शाहले आफ्नो नयाँ गीत ‘मौन’को म्युजिक भिडियो बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक गरेकी छिन्।

हरि लम्सालको संगीत, भूपेन्द्र खड्काको शब्द तथा फणिन्द्र राईको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन्।

रुपेश थापाको छायाङ्कन तथा सम्पादन रहेको गीतमा गायिका शाहले आफैं अभिनय गरेकी छिन्। कोरोना भाइरसको संक्रमणको समयमा संगीतले थेरापीको काम गर्न सक्ने भन्दै आफूले गीतको भिडियो सार्वजनिक गरेको शाहले बताइन्।

प्रेम-वियोगको शून्यतालाई प्रस्तुत गरिएको गीतलाई गायिका शाहकै सामाजिक संस्था ‘रेखा शाह फाउन्डेसन’ले उत्पादन र प्रकाशन गरेको हो। दर्जनौं चर्चित गीतकी गायिका शाहका आधा दर्जन एल्बम प्रकाशित छन्।

 

Comments
Loading...
You might also like