नेपालमा कोरोना संक्रमणबाट ७ जिल्ला मात्र सुरक्षित, कुन-कुन जिल्ला हुन् ?

  • 109
    Shares
0

काठमाडौं, २५ जेठ। नेपालमा कोरोना भाइरसको संक्रमणबाट ७ जिल्ला मात्र सुरक्षित रहेका छन्। शनिवार डोल्पा र जाजरकोटमा पनि संक्रमण पुष्टि भएपछि अब नेपालका ७ जिल्ला मात्र संक्रमणरहित रहेको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिलेसम्म संक्रमण नदेखिएका ७ जिल्लामा प्रदेश १ का दुई जिल्ला, बागमती प्रदेशको १, गण्डकीका २, प्रदेश ५ को १ र कर्णालीका १ जिल्ला रहेका छन्।

प्रदेश १ का १४ जिल्लामध्ये इलाम र ओखलढुंगा मात्र अब कोरोना भाइरसको संक्रमणरहित अर्थात सुरक्षित रहेका छन्। यस्तै बागमती प्रदेशको १३ जिल्लामध्ये रसुवा, गण्डकी ११ जिल्लामध्ये प्रदेशका मनाङ र मुस्ताङ, प्रदेश ५ को १२ जिल्लामध्ये रोल्पा तथा कर्णाली प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिममा संक्रमित भेटिएका छैनन्।

Comments
Loading...
You might also like