मंगलबारको राशिफल : यस्तो छ तपाईंको २४ घण्टा

rasifal-5
  • 33
    Shares

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज घरमा अतिथीको आगमन हुनेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउला। मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पढाई लेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा) बन्धु–बान्धवबाट सहयोग मिल्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमाइलो यात्रापनि रहला।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको योजना बन्नेछ। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छवाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आफन्तले सहयोग गर्नेछन्।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज कार्य सम्पादनमा सहजता मिल्नेछ। विश्वास गरेकाले साथ दिनेछन्। व्यापार व्यबसायबाट आम्दानी हुनेछ। उपहार पाइने सम्भावना छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) घरमा अतिथीको आगमन हुनेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। सागीतिक क्षेत्रमा रुची बढ्नेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) कला, साहित्य एवं संगीतमा रुचि बढ्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ। दैनिक कार्यमा प्रगती हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) विशिष्ट व्यक्तिको सहयोग मिल्ला। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला। बौद्धिक विकास हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ। रमणीय र सुखद् यात्राको योग छ। कला,साहित्यमा रूचि बढ्नेछ। मंगल कार्यको योग छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। राजनैतिक कार्यमा बाधा आउनेछ। अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज शुभ समाचार सुन्न पाइएला। प्रेममा सफलता पाईनेछ विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। न्यायिक कार्यमापनि सफलता मिल्नेछ।

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्