शिक्षा

खुला विश्वविद्यालयमा भर्ना खुल्याे

open biswo bidhiyalaye
  • 64
    Shares

काठमाडौं। नेपाल खुला विश्वविद्यालय व्यवस्थापन तथा कानून संकायले शैक्षिक सत्र २०७७/०७८ लागि भर्ना आवेदन आह्वान गरेको छ। नेपाल खुला विश्वविद्यालय व्यवस्थापन तथा कानून संकाय डीनको कार्यालयले विभिन्न विषयमा भर्नाका लागि आवेदन माग गरेको हो।

भर्ना हुन चाहने विद्यार्थीहरुले विश्वविद्यालयको वेभसाइट www=nou=edu=np sf] student panel मा गई Entrance Portal मार्फत् Online फाराम भर्नु पर्नेछ। आवेदकले सम्वन्धित शैक्षिक कार्यक्रमका लागि तोकिएको योग्यता पुगेका प्रमाणपत्रहरु स्क्यान गरी Upload गर्नुपर्ने बताइएको छ।

विभिन्न विषयका कार्यक्रम अन्तर्गत थप जानकारीको लागिः

१.Master of Business Administration -MBA : २ वर्षे सेमेष्टर स्नातकोत्तर कार्यक्रम न्यूनतम योग्यता : जुनसुकै विधामा कम्तिमा ३ वर्षे स्नातक द्वितीय श्रेणीमा उत्तीर्ण वा सो सरह।

२. Master of Science in Development Management and Governance -MSDMG: २ वर्षे सेमेष्टर स्नातकोत्तर कार्यक्रम न्यूनतम योग्यताः जुनसुकै विधामा कम्तिमा ३ बर्षे स्नातक तह उत्तीर्ण वा सो सरह।

३. Bachelor of Law -LLB: ३ वर्षे वार्षिक स्नातक कार्यक्रम न्यूनतम योग्यता: जुनसुकै विधामा स्नातक तह उत्तीर्ण वा सो सरह।

४. Bachelor of Business Science -BBS M: ३ वर्षे वार्षिक स्नातक कार्यक्रम न्यूनतम योग्यताः १२ कक्षा उत्तीर्ण वा सो सरह।

२०७७ श्रावण १५ गतेसम्म आइपुग्ने गरी आवेदन पेश गर्न अनुरोध गरिएको छ भने प्रवेश परीक्षा BA/MSDMG तथा LLB- वि.स २०७७ श्रावण २४ शनिवार विहान ८ः३० बजेOnline बाट हुनेछ। आवेदन शुल्क MBA: १,२००/ MBA M रु १,२००र -LLB रु १,०००। BBS ३००। रहेको छ।

आवेदन शुल्क नेपाल खुला विश्वविद्यालयको ग्लोबल आइ.एम.इ बैङ, कीर्तिपुर शाखा, चल्ती खाता नं.०५०१०१००००५०२ मा आवेदकले नाम अनिवार्य उल्लेख गरी जम्मा गर्नुपर्नेछ र सो नगदी भौचर स्क्यान गरी आवेदन फाराम साथ अपलोड गर्नुपर्ने जनाइएको छ।

82939598_602416624024976_8506261105249934339_n

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्