स्वास्थ्य

गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा आकस्मिक बाहेकका सबै सेवा बन्द

sahid gangalal kendra
  • 52
    Shares

काठमाडौं, २३ असार। सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौंमा उपचार गराइरहेका सात जनामा कोरोना संक्रमण देखिएको छ। उपचारका लागि भर्ना भएका सात जनामा सोमबार साँझ कोरोना पुष्टि भएको हो।

कोरोना पुष्टि भएसँगै आजदेखि केन्द्रको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। अस्पतालमा थप सतर्कता अपाउनु पर्ने भएकाले आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले उपचाररत बिरामीको कन्ट्याक ट्रेसिङको काम सुरु गरिएको बताए।

लेखकको बारेमा

लाेकपाटी न्यूज